ठेकेदारहरुद्वारा लुम्बिनि बिकास कोषका पदाधिकारीमाथी कुटपिट, सदस्य सचिव र कोषाध्यक्ष घाईते

लुम्बिनी , असोज ८ । लुम्बिनि विकास कोषका पदाधिकारीमाथि निर्माणव्यवसायीहरूले गुण्डागर्दी शैलीमा मंगलबार आक्रमण गरेका छन। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनी स्थित फाईभ होटलमा कार्क्रम भईरहेको बेला ठेकदारहरूको एक हुल होहल्ला गर्दै गुण्डागर्दी शैलीमा आक्रमणमा उत्रेका हुन् । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिवलाई आक्रमण गरेका हुन ।

कोषाध्यक्ष भट्टराईलाई एकाएक २० जनाको समूहले लछार्दै आक्रमण गरेका थिए । यस्तै आक्रमणबाट सदस्य सचिव सानुराजा शाक्यको मुखमा चोट लागेको छ ।

केहिदिनदेखि गुरूयोजनाको कामको भुक्तानि नपाएको भन्दै आन्दोलनरत निर्माण व्यवसायीहरूको माग सम्बोधन गरि समाधान गर्न लागिरहेको बेला हुलहुज्जत सहित अपमानजनक रूपमा आक्रमण गरिएको कोषाध्यक्ष भट्टराईले बताए । उनले आफुमाथि ज्यान नै असुरक्षित हुने गरि आक्रमण भएकाले सुरक्षाको माग गरे । समितिका सभापतिमा सोनाम गेल्जेन शेर्पाको अगाडि आक्रमण भएको हो । बैठक चलिरहेकै बेला आक्रमण भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation