तिलौराकोटको पछिल्लो अवस्था बुझ्न उपाध्यक्ष लामा तिलौराकोट

लुम्बिनी, असोज १० । विश्व सम्पदा सूचीको तयारीमा रहेको प्राचिन कपिलबस्तुको तिलौराकोट दरबार क्षेत्रको पछिल्लो अवस्थाबारे लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा ९खेन्पो छिमे० ले जानकारी लिएका छन् ।

 

गत बर्ष नै प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भइसकेकाले अहिले तिलौराकोट क्षेत्रलाई प्रस्तुत गर्न योग्य बनाउन सरसफाई चलिरहेको छ । उपाध्यक्ष डा। लामाले तिलौराकोटको सरसफाई तथा त्यस क्षेत्रको निरीक्षण गरेका हुन । तिलौराकोट विश्व सम्पदा सुचिमा सुचिकृत हुने अन्तिम तयारीमा छ । कोषका बरिष्ठ निर्देशन ज्ञानिन राईले पछिल्लो समय सरसफाई कार्यलाई तिव्रता दिइएको जानकारी दिए ।

तिलौराकोट शाक्य राज्यको राजधानी र राजा सुद्धोधनको दरबार रहेको क्षेत्र हो । बुद्धले गृहस्त जीवन परित्याग गर्नु अघिको सम्पूर्ण जीवन सोही स्थानमा विताएका थिए । बुद्धले सारथि (छन्द) कन्थक (घोडा) लिएर मध्यरातमा दरबारको पूर्वी द्वारबाट गृहत्याग गरेको बौद्धशास्त्रहरूमा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation