युवा क्लबकाे आयोजनामा सैनामैना ९ मा स्वास्थ्य शिविर सम्पन्न

सैनामैना, असोज १५। वडास्तरीय युवा क्लबको आयोजनामा सैनामैनामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

सैनामैना नगरपालिका वार्ड नम्बर -९ काे मातहतमा रहेको युवा क्लबको आयोजना, ९ नम्बर वडा कार्यालयकाे सहकार्य तथा नेशनल बाथरोग सेन्टर बुटवलकाे प्राविधिक सहयोगमा मंगलबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।

स्वास्थ्य सेवाबाट वञ्चित रहेका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको र उक्त शिविरमा २०० जनाभन्दा बढिले सुगर र बाथरोगकाे परिक्षण गराएको वडास्तरिय युवा क्लबका अध्यक्ष प्रतिमा पाण्डेले बताउनुभयो।

सैनामैना नगरपालिका वार्ड नम्बर ९ का अध्यक्ष भानुभक्त पाण्डेले उद्घाटन गर्नुभएको स्वास्थ्य शिविरमा सैनामैना नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक यमलाल खनाल, वडा भित्र रहेका टाेल विकास संस्थाका अध्यक्षहरु, आधारभूत स्वास्थ्य इकाई केन्द्रका प्रमुख हरि ढकाल लगायतको आतिथ्यता रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation