सैनामैना नगरपालिकाको मुर्गियामा कार्यालय रहेको चौतारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ औ अधिबेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।
गत भदौ ३० गते अधिवेशन अन्तरगत निर्वाचनको तालिका तोकिएपनि अध्यक्षमा धेरै आकांक्षी भएपछि केही समयका लागि निर्वाचन स्थगित गरिएको थियो ।
यसैबीच सहकारीको संचालक समिति तथा लेखा सुपरिवेक्षण समिति, निर्बाचन समिति तथा निर्वाचन समन्वय समितिको बिशेष पहल र सहयोगबाट नयाँ नेतृत्व सर्बसम्मत रुपमा चयन भएको छ ।
सावित्रा शर्माको अध्यक्षतामा निर्विरोध गठन भएको सहकारीको नयाँ समितिमा उपाध्यक्ष संगीता अधिकारी रहनु भएको छ ।
त्यसैगरी चिन्तामणि भुसाल सचिव, शुभासचन्द्र पौडेल सहसचिव र सिता कुँवर कोषाध्यक्षमा चयन हुनुभएको छ ।
सदस्यहरुमा बलराम भट्टराई, सिरश पोख्रेल, युबराज पाण्डे, मिना शर्मा चयन हुनुभएको छ ।
यसैगरी सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा हरिप्रसाद शर्मा र सदस्यहरुमा थानिश्वर न्यौपाने र शारदा रौतार चयन हुनुभएको छ ।











