पाँचथर बम विष्फोटमा मृत्यु भएका साँवा परिवारलाई सरकारले आर्थिक सहायता दिने

९ कात्तिक, काठमाडौं । पाँचथरमा भदौ दोस्रो साता द्वन्द्वकालीन बम विष्फोटमा परी ज्यान गुमाएका नाबालक दाजुबैनीको परिवारलाई सरकारले आर्थिक सहायता दिने भएको छ ।

भदौ १४ गते पाँचथरको फालेलुङ गाउँपालिका(५, डाँडागाउँका दिप्सन साँवा र प्रिन्सा साँवाको बम विष्फोटमा मृत्यु भएको थियो ।

 

कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले साँवा परिवारलाई एकाघरको परिवारलाई प्रतिपरिवार बिलबमोजिम बढीमा ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो । खेल्ने क्रममा दिउँसो करिब ३ बजे भएको विष्फोटमा ४ जना बालबालिका परेका थिए । घर नजिकै अम्रिसो बारीमा भेटिएको वस्तुलाई खेलौना जस्तो ठानेर बालबालिकाले खोल्न खोज्दा विस्फोट भएको थियो । त्यसमा अढाइ वर्षीया प्रिन्सा सावा र ११ वर्षीय दिप्सन गम्भीर घाइते भएका थिए ।

घाइते साँवा दाजुबैनीलाई उपचारका लागि अस्पताल लगिए पनि उपचारका क्रममा उनीहरुको मृत्यु भएको थियो । बिहीबार बसेको मन्त्रिपरिषद्‍ले उनीहरुको उपचारमा लागेको खर्चको बिलका आधारमा बढीमा ५ लाख रुपैयाँसम्म सहायता दिने निर्णय गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation