सैनामैनामा अवैध रुपमा माटो उत्खनन् गरेका जेसिबी धनिलाइ नब्बे हजार जरिवाना

सैनामैनाअवैध रुपमा माटोजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टर र जेसिवी प्रहरीले नियन्त्रणमा लिइ सैनामैना नगरपालिकालाई बुझाएको छ। नियन्त्रणमा लियको टेक्टर र जेसुबी धनीलाई नगरपालिकाले ९०हजार जरिवाना तिराएको छ ।

इलाका  प्रहरी कार्यालय सालझण्डिले नदीजन्य पदार्थ उत्खनन नियन्त्रण तथा निरुत्साहित गर्ने कार्य अन्तर्गत सैनामैना नगरपालिका वडा नम्बर ९ को चन्खिपुरमा  उत्खनन गर्दै गरेका बेला प्रहरीले एक वटा ट्याक्टर र एक वटा जेसिवी नियन्त्रणमा लिइ नगरपालिकालाइ बुझायको जानकारी दिए।

सैनामैना ९को चन्खिपुर बन क्षेत्रबाट अबैध रुपमा माटोजन्न्य पदार्थ उत्खनन र ओसारपसार गर्ने क्रममा सोमबार इलाका  प्रहरी कार्यालय सालझण्डीबाट खटीएको प्रहरी टोलीले उक्त स्थानबाट जयलाल घिमिरेको १ वटा जेसिवी र १ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो।

प्रहरीले रा १ त ३०७६ नम्बरको  को ट्रयाक्टर र लु १ क ३५७७ नम्बरको जेसिबी  नियन्त्रणमा लिएर कारवाहीका लागि सैनामैना नगरपालिका पठाइएको थियो । सैनामैना नगरपालिकाले जरिवाना बापत सबारी साधन धनी जगलाल घिमिरेबाट नब्बे हजार(९०,०००) रुपैया जरिवाना गरेको सैनामैना नगरपालिका राजस्व अधिकृत सुजन भण्डारी जानकारी गरायका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation