जबर्जस्ति करणी गरेको आरोपमा सैनामैनाका एक युवा पक्राउ

सैनामैन, पौष १२ । रुपन्देहीमा सैनामैना वडा २ मा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थाई घर गुल्मी हाल सैनामैना नगरपालिका वडा न ३ बस्ने २५ वर्षीय सागर वि.क रहेका छन् भने उक्त कार्यमा मतियारको रुपमा वडा न ३ कै एक जना महिला समेत पक्राउ परेकी छिन ।

घटनाको सुचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौरा , रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक आदित्य राज विष्टको कमाण्डमा खटिएको प्रहरी टोलिले उनिहरुलाइ पक्राउ गरि थप कारवाहीको लागि इलाका प्रहरी कार्यालय बुटवल पठाएको छ । यस सम्बन्धमा बुटवल ईलाका प्रहरीले र आफुहरुले समेत आवश्यक अनुसन्धान गरिरहेको बताउनु भएको छ ।

इलाका प्रहरी कार्यालय रन्यौरा , रुपन्देही का प्रमुख प्रहरी निरीक्षक आदित्य राज विष्ट सैनामैना नगरपालिका स्थित इलाका प्रहरी कार्यालय रन्यौरामा हाजिर भए पस्चात अहिले उक्त क्षेत्र शान्ति सुरक्षा लगाएत अन्यमा राम्रो काम गरेको सैनामैना बासीहरुको भनाइ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation