पशुपति माध्यमिक विधालयले १५ स्वर्ण ७ रजत तथा १६ कास्य सहित नगर प्रथम हुन सफल भएको छ । समान १५ स्वर्ण जोडेको सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विधालय ६ रजत तथा ११ कास्य प्राप्त गरि द्वितीय स्थानमा चित्त बुझाउन बाध्य भयो, १४ स्वर्ण १० रजत तथा २ कास्य सहित पर्रोहा माध्यमिक विधालय तृतीय भएको छ भने ४ स्वर्ण ९ रजत तथा १३ कास्य प्राप्त गर्न सफल रामापुर माध्यमिक विधालय चौथो स्थान हासिल गरेको छ ।
आठौ राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद सप्ताह २०८१ को बुधबार सम्पन्न आधरभुत तह छात्रातर्फको फाईनल भलिबल खेलमा पशुपति माध्यमिक विधालय प्रथम, सरस्वती माध्यमिक विधालय द्वितीय र जनज्योति आधारभूत विधालय तृतीय भएको छ भने आधरभुत तहकै छात्रतर्फको भलिबल प्रतियोगितामा रामापुर माध्यमिक विधालय प्रथम, जनचेतना माध्यमिक विधालय द्वितीय र सालझण्डी माध्यमिक विधालयले तृतीय स्थान हासिल गरेको छ ।
यसैगरी माध्यमिक तह छात्रातर्फको फाईनल भलिबल खेलमा पर्रोहा माध्यमिक विधालय प्रथम, पशुपति माध्यमिक विधालय द्वितीय र सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विधालय तृतीय भएको छ भने माध्यमिक तहकै छात्रतर्फको भलिबल प्रतियोगितामा सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विधालय प्रथम, पर्रोह माध्यमिक विधालय द्वितीय र रामापुर माध्यमिक विधालयले तृतीय स्थान हासिल गरेको छ । खेल सप्ताह प्रतियोगितामा छात्रातर्फको कबड्डी खेलमा सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विधालय प्रथम, जनकल्याण माध्यमिक विधालय द्वितीय, प्रभात इङलिस बोर्डिङ सेकेन्डरी स्कुल र पशुपति माध्यमिक विधालय तृतीय हुन सफल भएको छ । कबड्डी खेलमै छात्रतर्फ सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विधालय प्रथम, जनकल्याण माध्यमिक विधालय द्वितीय, पर्रोहा माध्यमिक विधालय र जनचेतना माध्यमिक विधालय तृतीय स्थान हासिल भएको छ ।
प्रतियोगिताको समापन गर्दै सैनामैना नगरपालिकाका मेयर फणिन्द्र प्रसाद शर्माले विद्यालयमा अध्ययनरत धेरै विद्यार्थीहरु खेलकुदकै क्षेत्रबाट संसारमा परिचित रहेको उदाहरण दिँदै अहिले विद्यार्थी भविष्यका खेलाडी पनि भएकोले खेलकुद सप्ताहले विद्यार्थीहरुमा थप उर्जा थपिने बताउनुभयो । नगरका विधालय स्तरका विद्यार्थीहरुको खेल क्षमताको वृद्धि विकास गर्न खेल सप्ताहले सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले प्रतिभावन खेलाडीहरुले जिल्ला, प्रदेश र राष्ट्रस्तरमा हुने खेल प्रतियोगितामा सहभागी हुन महत्त्वपूर्ण भुमिका खेल्ने हुनाले उत्कृष्ट खेलाडीहरुलाई राष्ट्रियस्तरको प्रतियोगिता जितेर आउन विद्यार्थीलाई आग्रह गर्नुभयो ।
सैनामैना नगरपालिका उपप्रमुख विना रानाले खेलकुदको माध्यमबाट आफ्नो क्षमताबाट विद्यालय र आफ्नो व्यक्तिगत पहिचानलाई समाज, राष्ट्र हुँदै समग्र राष्ट्रसम्म अनत्र्राष्ट्रिय स्तरमा चिनाउन तथ गुणस्तरीय शैक्षिक सिकाईमा पनि खेलले सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा साझा हस्पिटलका प्रबन्ध निर्देशक गोविन्द खनालले खेल जगतमा उदयमान खेलाडी विधार्थीहरुलाई खेल सप्ताह कोशे ढुंगा सवित हुने भन्दै अनुशासित र लगनका साथ अगाडी बढ्न अनुरोध गर्नुभयो ।
प्रतियोगितामा दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम्प लङजम्प लगायतका खेल खेलाइएको थियोे । प्रतियोगितामा नगरपालिकाभित्रका ३३ विद्यालयका करिब ३ हजार विद्यार्थीले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । ६ दिनसम्म सञ्चालन भएको प्रतियोगिताका उत्कृष्ट खेलाडीले जिल्ला स्तरीय प्रतियोगितामा भाग लिने छन्।
सैनामैना नगर खेलकुद समितिका संयोजक खिम श्रेष्ठको अध्यक्षता समितिका सदस्य अर्जुन पोख्रेलको स्वागत तथा सदस्य सचिव डिआर गैरेको संचालनमा कार्यक्रम सप्पन्न भएको थियोे ।