सैनामैना उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण प्रसाद पोखरेल निर्वाचित

सैनामैना उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण प्रसाद पोखरेल निर्वाचित हुनु भएको छ । संघको नयाँ नेतृत्व चयनका लागि बुधवार भएको निर्वाचनमा पोखरेलले प्रतिस्पर्धी उम्मेदवार प्रेम बहादुर खडकालाई ९ मतले पराजित गर्दै विजयी हुनुभएको हो । कुल खसेको ८७ मत मध्ये पोखरेलले ४८ र खड्काले ३९ मत प्राप्त गर्नुभयो । खड्का निवर्तमान अध्यक्ष समेत हुन् ।

संघको चौथो अधिवेशनबाट नयाँ नेतृत्व चयन सहमतिमै गर्न खोजेपनी अध्यक्षमा भने सहमती जुट्न सकेको थिएन । अध्यक्ष पद बाहेक अन्य सवै पदमा सर्वसहमती भए पनि अध्यक्षमा भने चुनाव भएको थियो ।

निर्वाचित भए सँगै, पोखरेलले उद्योग र व्यवसाय क्षेत्रलाई अगाडि बढाउनका लागि ठोस योजना अघि सार्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले संघमार्फत व्यापारिक क्षेत्रका समस्या समाधान गर्दै स्थानीय व्यवसायीको हितमा काम गर्ने बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation