भारतबाट आउने दुधका कारण नेपाली दुध उत्पादक किसान मर्कामा

बुटवल, पुस १९ गते । रुपन्देहीको सैनामैना नगरपालिका सालझण्डीका दुग्ध उत्पादक किसानहरुले भारतबाट आउने खुला दुधका कारण किसानहरुले उत्पादन गरेको दुध विक्री नभएको गुनासो गरेका छन ।

नेपाल भारत खुला सिमाका कारण भारतबाट सस्तो दुध बुटवल लगायतका बजारमा आउँदा आफूहरुले उत्पादन गरेको दुध विक्री तथा बजारीकरणमा समस्या भएको किसानहरुको गुनासो छ ।
आफूहरुले गुणस्तरयुक्त दुध बजारमा विक्रीका लागि पठाएपनि उपभोक्ताले दुधको गुणस्तर चिन्न नसक्ने लगायतका कारण सैनामैना क्षेत्रका दुध उत्पादक किसानलाई मर्का परेको किसानहरुको गुनासो छ ।
शुक्रबार सैनामैनाको वडा नंं १० मा रहेको सालझण्डी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले पत्रकार सम्मेलनको आयोजना गरि किसानहरुले भोग्नुपरेको समस्याका बिषयमा जानकारी दिएको हो ।
सहकारीका अध्यक्ष तिलकराम घिमिरेले भारतबाट आउने सस्तो गुणस्तर नभएको दुध बजारमा आउँदा नेपाली दुध उत्पादक किसान मर्कामा परेको बताउनु भयो । उहाँले लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७९÷०८० देखि किसानले पाउने प्रतिलिटर दुई रुपैया अनुदान रकम समेत काटेको बताउँदै सैनामैना नगरपालिकाले समेत दिने अनुदान अत्यन्त कम भएको गुनासो गर्नुभयो ।

उहाँले आफूहरुको सहकारीबाट दैनिक ४ हजार ५ सय लिटर दुध उत्पादन हुादै आएकोमा विक्रीमा समस्या आएकोले किसानबाट थप दुध किन्न नसकिएको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष टिकाराम पाण्डेले दुग्ध उत्पादक किसानको समस्या बर्षौंदेखि यथावत रहेको बताउँदै अहिलेसम्म कुनैपनि सरकारले सुनुवाई नगरेको गुनासो गर्नुभयो । उहाँले किसानलाई राज्यले हेला गर्दा नेपाल बाहिरको दुधले बजार लिने अवस्था समेत उत्पन्न भएको गुनासो गर्नुभयो ।
दुग्ध उत्पादनमा जोडिएकी सालझण्डी क्षेत्रका किसान लिलादेवी ज्ञवालीले सैनामैना नगरपालिकाले समेत दुध उत्पादक किसानलाई कुनैपनि खालको प्रोत्साहन नदिएको बताउँदै दुधको मूल्य नपाउँदा समस्या भएको बताउनुभयो ।
उहाँले उत्पादन लागत बढ्दै गएको, पशु विमा गरेपनि बिमाको एक बर्षसम्म नपाएको, पछिल्लोसमय दुध विक्रीका लागि समस्या हुन लागेको भन्दै चिन्ता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं ११ का वडा अध्यक्ष रामप्रसाद भुसालले नेपाल भारत खुला सिमाका कारण भारतीय दुध नेपाली बजारमा आउँदा नेपाली दुध उत्पादक किसानलाई समस्या परेको बताउनु भयो ।
उहाँले सैनामैना नगरपालिकाले किसानलाई उत्पादनका आधारमा दुधमा अनुदान दिएपनि त्यो प्रभावकारी नभएकोले आगामी दिनमा अनुदान बढाउन प्रयास गर्ने प्रतिवद्धता जनाउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation