२२ पुष,सैनामैना- सैनामैना जेसिज बर्ष २०२५ को आज १० औ साधारण सभा तथा अधिबेशन पौष २६ र २७ गते हुने भयको छ । सो अधिबेशनले अध्यक्ष,कार्यकारी उपाध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ९ जना पदाधिकारीहरुको निवार्चित गर्ने छ भने कानुनी सल्लाहकार, महासचिव र कोषाध्यक्षमा भने निर्वाचित अध्यक्षले आफ्नो कार्यकाल सफल बनाउन मनोनित गर्ने छ ।
बर्ष २०२५ का लागि अध्यक्ष पदमा गोबिन्द खरेल, कृष्ण भण्डारी, लक्ष्मण खरेलले अध्यक्षमा उम्मेद्बारी दिने तयारी गरेका छन । बर्ष २०२५ का लागि उम्मेद्बारी हुने आकांक्षा राखेका उमेदवार मध्ये बलिया उम्मेद्बारका रुपमा गोबिन्द खरेललाइ हेरिएको छ, नेतृत्व गर्ने कुसल क्षेमता र सस्थापक सदस्य, बर्ष १७ मा member growing director , बर्ष १८ मा सचिव, बर्ष १९ मा महासचिव, २२ र २३ मा अध्यक्ष सल्लाहकार , २०२४ मा बोर्ड सल्लाहकार भयर काम गरेको लामो अनुभव छ ।
जेसिस एक युवाहरूको सहभागितामा बनेको संस्थाको नाम हो । यस संस्थामा १८ देखी ४० वर्षका युवाहरू सहभागी हुन्छन् । यस संस्थाले व्यक्तित्व र नेता हुनकालागि आवश्यक गुणहरू सिकाउँछ । ब्यक्त्तित्व बिकास र नेतृत्व बिकास संगै समाजलाई नेतृत्व दिन सक्ने सक्षम युवा बनाउन मद्वत गर्छ । सासन ब्यक्त्तिको होइन बिधिको हुनु पर्छ भन्ने मुल मन्त्र बोकेको कुनै जात जाति भाषा धर्म र पार्टि भन्दा अलग १८देखि ४० सम्मका युवाहरूको अन्तराष्ट्रिय सस्था हो ।