सैनामैना पुस २७ ।
रुपन्देहीको सैनामैनामा थारु माघी खिचडी महोत्सव सञ्चान गरिएको छ । थारु भेषभूषा, संस्कृतिको जर्गेना गर्ने भन्दै थारु कल्याणकारिणी सभा, सैनामैनाले सैनामैना ६ कलौनीमा माघी महोत्सवको आयोजना गरेको हो ।
थारु कल्याणकारी सभा सैनामैनाका सभापति दुलबहादुर थारुले माघी महोत्सवलाई विशेष बनाउन थारू कल्याणकारी सभा सैनामैना रुपन्देहीले पुस २५ देखि २७ गतेसम्म सैनामैनाको कलौनीमा तीन दिने माघी महोत्सव आयोजना गरेको बताउनुभयो । माघी खिचडी पर्व तथा थारु नयाँ वर्षको उपलक्ष्यमा सो कार्यक्रम आयोजना गरिएको उाँले जानकारी दिनु भयो ।
महोत्सवमा झुमडा, झर्रा, सोरठी, बड्का नाच, लाठी नाच लगाएत थारु संस्कृति प्रदर्शन गरिने भएको छ भने थारू समुदायको मौलिक एवं परम्परागत खानाका रूपमा रहेको घोगी, अनदीको भुजा, पतुसनी, ढिकरी, माछाका परिकार, मासु र रोटी लगायतका परिकार माघी महोत्सवमा राखिएको छ ।
थारु समुदायको भाषा संस्कृति, रहनसहन, खानपान, गीत सङ्गीत लोप हुने अवस्थामा पुगेकोले यसको संरक्षणका लागि यस खालको कार्यक्रम गएिको थारू कल्याणकारी सभाका केन्द्रिय पार्षाद रामबली चौधरी थारूले बताउनु भयो । थारु परम्परा, कला, संस्कृति जगेर्ना गर्न सबै थारू समुदायले पहल गर्नुपर्ने आवश्यकतामा समेत उहाँले जोड दिनुभयो ।