सैनामैना – रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११का स्थानिय समाजसेवी टेक नारायण रेग्मीले सालझन्डि स्वास्थ्य चौकीलाई जग्गादान गरेका छन् । जग्गा र भवनको अभावमा हाल सर्पदम्स उपचार केन्द्र बनाउने भनी निर्माण गरियको भवनबाट सेवा प्रवाह गर्दै आएको सालझन्डि स्वास्थ्य चौकीलाई स्थानीय टेक नारायण रेग्मिले २ कट्टा जग्गा दान गरेका हुन् ।
सैनामैना नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष राम प्रसाद भुसालको विशेष पहल र सैनामैना नगरपालिकाको अथक प्रयास पछि सो जग्गा प्राप्त भयको हो । नयाँ भवन निर्माणका लागि सैनामैना नगरपालिकाले संघीय सरकारको ६३ लाख सैनामैना नगरपालिकाको ७ लाख रुपैयाँमा ठेक्का आह्वान भैसकेको इन्जिनियर सुरज न्यौपानेले जनाएका छन । सुविधा सम्पन्न भवनलगायत संरचना निर्माणका लागि टेक नारायण रेग्मिले ५० लाख रुपैयाँ मूल्यबराबरको जग्गा गत मंसिर २४ गते आइतबार जिल्ला मालपोत कार्यालयमार्फत सैनामैना नगरपालिकाको नाममा पास गरिदिएका छन् । जग्गा नहुँदा सालझन्डी स्वास्थ्यचौकीले हाल सर्पदम्स उपचार केन्द्रको लागि भनी निर्माण गरिएको भवनबाट स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।
२०७३ सालमा स्थानिय समाजसेवी इन्द्रबहादुर जिसि नेतृत्वको महायज्ञ मुल आयोजक समितिले सर्पदम्स उपचार केन्द्र निर्माणका लागि महायज्ञ गरि रकम उठाइ भवन निर्माण कार्य सुरु गरेको हो भने २०७६ मा मीन प्रसाद घिमिरे अध्यक्ष रहेको समितिले करिब १ करोडको लागतमा सो भवन सम्पन्न गरेको थियो । तेहि भवनमा सर्पदम्स सन्चालन हुन सकेन बरु स्थानिय हतका जनप्रतिनिधि लाई चुनाबी मसला बन्यो सर्पदम्स उपचार केन्द्र । र चुनाबी भाषणमा भने हामिले जितेमा सर्पदम्स उपचार केन्द्र तत्काल संचालन हुनेछ । तर जननिर्वाचित जनप्रतिनिधि आएको पनि करिब ३ बर्ष बितिसक्दा पनि तेसको अत्तोपत्तो छैन । बरु अब नयाँ भवनमा स्वास्थ चौकी निर्माण पछि त्यो प्रयोगबिहिन हुने चिन्ता छ ।
जग्गा दानको भित्रि रहस्य
सालझन्डी स्वास्थ्य चौकी निर्माणका लागि जग्गा दान स्वरुप उपलब्ध गराएका टेक नारायण रेग्मिले भने घुमाउरो तरिकाले आफ्नो जग्गाको रकम बुझेका छन ।
स्वास्थ्य चौकी निर्माणका लागि दाता बनेका रेग्मिले २ कट्ठा जग्गाको मूल्य ५० लाख बुझेका छन । कानुनी रुपमा सैनामैना नगरपालिकालाइ दानको रुपमा जग्गा हस्तान्तरण गरियपनी रेग्मिले स्थानिय सामुदायिक बन, खानेपानी सस्था र केही ब्याक्तिहरुबाट ५० लाख रुपैयाँ बुझेका छन ।
रकम बुझाउनेमा राजापनी सामुदायिक वन उपभोक्ता समुहबाट ३७ लाख, चिसापानी खानेपनी तथा उपभोक्ता सस्थाबाट ५ लाख, जर्लैया खानेपानी तथा उपभोक्ता सस्थाबाट ५ लाख र अन्य ब्याक्ती हरुबाट गरि ५० लाख रुपैयाँ रकम बुझेका हुन । राजापनी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष श्याम राना, चिसापनी खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष बिस्णु कोइराला, जर्लैया खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष राम बहादुर सेनले उक्त रकम सस्थाकै चेक मार्फत टेक नारायण रेग्मिलाइ हस्तान्तरण गरेको बतायका छन ।