सैनामैनामा शिक्षकले कुटे विधार्थी

माघ १० गते । रुपन्देहीको सैनामैनामा एक शिक्षकले विधार्थीलाई कुट्पिट गरेका छन् । सैनामैना पर्रोहा परमेश्वर नमूना माध्यमिक विधालयमा अध्यापन गराउने शिक्षक कमल भण्डारीले १६ वर्षिय बालकलाई कुटे संगै बालकको कानमा चोट लागेको छ । बुधबार स्कुल समयमा शिक्षकले भनेको नटेरेको भन्दै बालकको कानमा हानेपछि कानमा चोट लागेको हो । पिडित बालकको परिवारले स्थानीय पुनम पोलिक्लिनिकमा उपचार गराउन लगेका थिए ।

पुनम पोलिक्लिनिकका स्वास्थ्य चिकित्सकका अनुसार बालकको कानमा रगत जमेको छ, जाली फुट्ने सम्भावना अधिक छ, उपचारमा लाग्न आग्रह गरेको हो । कुटाई खाने बालक सैनामैना नगरपालिका वडा न.१ वर्ष १६का सौगात थारु रहेका छन् । उनी सैनामैना पर्रोहा परमेश्वर नमूना माध्यमिक विधालय कक्षा ६मा अध्ययनरत छात्र हुन् ।

शिक्षक कमल भण्डारीले केही महिना अगाडी सोही विधालयका विधार्थीलाई कुटपिट गरेका थिए। कुटपिट गरेका आधारमा विधालयले शिक्षक कमल भण्डारीलाई केही समयका लागी निलम्बन समेत गरेको थियो ।

विधार्थीलाई शिक्षकले कुटे भन्ने विषयलाई लिएर पिडित पक्ष निवेदन दिन आएको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक आदित्यराज विष्टले जानकारी दिए । मेडिकल रिर्पोटको आधारमा कानमा बढिनै चोट भए शिक्षक विरुद्ध मुद्धा चलाईने विष्टको भनाई रहेको छ। कानुनअनुसार बालबालिकामाथि दुर्व्यवहार गर्ने व्यक्तिलाई जरिवानादेखि जेलसम्मको सजायको व्यवस्था गरिएको छ । बालबालिका ऐन २०७५ को दफा ६६ को (घ) र (ङ) मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने, शारीरिक चोटपटक पुर्‍याउनेलाई बालबालिकाविरुद्धको हिंसा मानिने उल्लेख गरिएको छ ।

घटना भएको बेला आफु विधालयमा नभएको विधालयका प्रधानाध्यापक नेत्रलाल पुरीले बताएका छन् । पछि जानकारी प्राप्त भएको भन्दै घटनामा संलग्न भई गल्ती गरेको भए जोकोहीलाई कार्वाही गर्न आफु तयार भएको उल्लेख गरे ।विधालयले विधार्थीहरुको मनोभावना अनुरुप पठनपाठन गराईरहेको दावी गर्दै कुनै पनि शिक्षकले विधार्थी प्रति नकारात्मक गतिविधि गर्न नहुने बताएका छन । कुनै शिक्षकहरुको आचरण स्वभाव फरक फरक हुने भन्दै यसमा संयमता अपनाउन आग्रह समेत गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation