माओवादी केन्द्र सैनामैनाकाे अध्यक्षमा मान बहादुर महत्त निर्वाचित

सैनामैनामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले तेस्रो नगर अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ। बिहिबार आयोजित अधिवेशनमा पार्टीका केन्द्रिय उप महासचिब तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको प्रमुख आथित्यतामा अधिबेशन सम्पन्न भएको थियो।

अधिबेशनले मान बहादुर महत्त(नारायण)लाई अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्ष पदमा दिपक भण्डारी, तेज नारायण सुवेदी , सुमित्रा पराजुली, सचिव पदमा राजेन्द्र घिमिरे, सहसचिव पदमा सन्तोष परियार र काेषाध्यक्ष पदमा माया रसाइली सर्व सहमतिबाट निर्वाचित भएका हुन । अधिवेशनबाट ५५ सदस्यीय नयाँ कमिटी चएन गरेकाे हाे ।

निर्वाचित पदाधिकारीले आगामी दुई वर्षसम्मका लागि नेतृत्व गरि काम गर्ने छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation