सालझन्डिमा ‘फिजियोथेरापी’ सेवा सुरू

रुपन्देहीको सैनामैना नगरपालिका सालझन्डिमा पहिलो पटक ‘फिजियोथेरापी’ सेवा विस्तार गरिएको छ । पछिल्लो समय यससम्बन्धी बिरामी बढ्दै गएपछि मायादेवी फिजियोथेरापी मार्फत सेवा शुभारम्भ गरेको हो ।

हिराचन्द्र पोलिक्लिनिकको भवनबाट सेवा विस्तार गरेसँगै बिरामीलाई सहज भएको छ । विशेषगरी नसा च्यापिएका ढाड, कम्मर, हड्डीलगायतको समस्या समाधानका लागि बिरामीहरूले फिजियोथेरापी रोज्ने गरेको मायादेवी फिजियोथेरापीका प्रमुख प्रमुख डा. रोजनि कार्किले बताउनुभयो । यो सेवा सालझन्डीसँगै छिमेकी पालिका कन्चन, रैनादेभी, सितगङा लगायत क्षेत्रका बिरामीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।

हड्डी खिइएको, नसा च्यापिएको, मांसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मँदा नै असाधारण भएका बालबालिका, हातखुट्टा नचल्नेसम्बन्धी रोगहरू उपचार हुने फिजियोथेरापिस्ट डा. रोजनि कार्किले बताउनुभयो ।

एक हप्ताअघि सुरु भएको सो सेवाबाट हालसम्म २० बढी लाभान्वित भएका छन् । भने मायादेवी फिजियोथेरापी ४ नम्बर कपिलवस्तुबाट पनि सेवा दिइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation