परराष्ट्रमन्त्री राणाले गरिन लुम्बिनी भ्रमण

लुम्बिनी, फागुन २० ।

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन् । मन्त्री राणलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गरेका हुन् ।

राणाले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पुष्पकरणी पोखरीको बारेमा जानकारी लिईन । उपाध्यक्ष डा. लामाले लुम्बिनी विकास कोषले गरेका पछिल्ला काम र विकासका बारेमा जानकारी दिएका थिए । मन्त्री राणसँगै लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री सरोज थापाको समेत सहभागिता रहेको थियो ।

परराष्ट्रमन्त्री राणा नेपाली काँग्रेसका क्षेत्रीय सभापतीहरुको रुपन्देहीको भैरहवामा भएको बेलामा सहभागि हुन आएको बेला बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेकी हुन् ।

भ्रमणका अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कार्यकारीणी सदस्य श्याम रोक्का, राजेश शाक्य, सुरक्षा अधिकृत खगेन्द्र काफ्लेको सहभागिता रहेको थियो ।
(((((((((((((((

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation