संविधान अक्षरश पालना भएमात्रै सबैको हक र अधिकार सुनिश्चित हुन्छः उपाध्यक्ष घिमिरे

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले संविधानमा लेखिएका कुराहरु अक्षरशः पालना भएमात्रै सबैको हक र अधिकार सुनिश्चित हुने बताकी छ्न ।

शनिवार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकि हुन । उनले कानून बनाउने कुरामा अगाडि भएपनि त्यसको पालना गर्नेकुरामा पछि परेको बताइन । उनले संविधानले राष्ट्रपति वा उपराष्ट्रपतिमा महिला एकजनाको व्यवस्था गरेको भएपनि वा र र को शब्दमा अपव्याख्या गरिएको बताइन । उनले विगतका अभ्यास, कानून, नियम, संविधान, इतिहास सँगै अघि बढाउनुपर्ने बताइन ।

उपाध्यक्ष घिमिरेले हरेक क्षेत्रबाट सबैले संघर्ष गर्नुपर्ने बताइन । सबै मिलेर संघर्ष गरेमात्रै आफ्नो अधिकार सुनिश्चित हुने जिकिर गरिन । अरुलाई अपमान गर्नु भनेको चेतनास्तर कमजोर हुनु रहेको बताइन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation