
सैनामैना । माद्यामिक शिक्षा परीक्षा एसईईमा रुपन्देहीको सैनामैना-२ मा अवस्थित न्यू एकेडेमी बोर्डिङ्ग स्कुल स्थापनादेखि नै शतप्रतिशत नतिजा दिँदै आएको छ ।
२०७० सालमा संचालनमा आएको न्यू एकेडेमी बोर्डिङ्ग स्कुलले १० वर्ष यता लगातार एसईई परीक्षामा सतप्रतिशत नतिजा प्रदान गर्दै आफ्नो शैक्षिक उत्कृष्टतामा सैनामैनामै अब्बल हुदै आएको छ।
यस वर्ष एसईई परीक्षामा पनि विधालयले शतप्रतिशत विधार्थीहरु उत्तीर्ण गराउन सफल भएको खुशीयालीमा ‘बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रम’ गरेको हाे ।
विधालयबाट यसबर्ष कुल ४६ जना विधार्थीहरु परीक्षामा सहभागी भएका थिए । जसमध्ये:१४ जना विद्यार्थीले ३.६ देखि ४ जीपीए, २४ जनाले ३.२देखि ३.६ जीपीए र ८ जना विद्यार्थीले २.८ देखि ३.२ जीपीए ल्याउन सफल भएका छन् ।
उत्तीर्ण विधार्थीहरुलाई बधाई तथा शुभकामना दिदै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले न्यू एकेडेमी बोर्डिङ्ग स्कुललाई सैनामैनाको शैक्षिक क्षेत्रमा स्थापित ‘ब्राण्ड’ को रुपमा चित्रित गर्नुभयो । उहाँले भन्नुभयो, हरेक बर्ष शतप्रतिशत नतिजा ल्याउनु चानचुने कुरा हैन, निकै चुनौतीपुर्ण र अथाह मेहेनतले उत्कृष्ट नतिजा ल्याउन विधार्थी अभिभावक, शिक्षक र कर्मचारीको महत्त्वपूर्ण योगदान छ ।
उहाँले भन्नुभयो, “धवन्ते खेती घाेकन्ते विद्या” भन्ने पुरानो परम्परालाई परिवर्तन गर्नुपर्छ, र विधालयले सिपमा आधारित जिवन उपयोगी सिप सिकाउन जरुरी छ । न्यू एकेडेमीले दिने नतिजा सधै उपलब्धिमुलक छ विधालयले जति रोपेको छ, त्यति नै फल्दो रहेछ। स्कुलको लगानी सधैं फलदायी देखिएको छ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्रमुख शर्माले उत्तीर्ण विद्यार्थीलाई अबको शैक्षिक यात्रा तय गर्दा अरुको लहलहैमा र अभिभावकको दवावमा विद्यार्थीले विषय छनोट गर्नु भन्दा पनि आफ्नो रुची दक्षताको आधारमा विषय छनोट गर्न सुझाव दिनुभयो ।
न्यु एकेडेमी बोर्डिङ्ग स्कुल एसईईमा उत्कृष्ट जिपिए सहित शतप्रतिशत नतिजा प्राप्त गर्न सफल हुदै आएको विद्यालयका प्राचार्य टोपलाल भट्टराईले दावी गर्नुभयो।
२०७० देखि २०८१ सालसम्मको नतिजा अनुसार एसईईमा विद्यार्थीहरुले कुनैपनि ग्रेडवृद्धि र पुन: परीक्षा दिन परेको छैन उहाँले भन्नुभयो ।
विद्यार्थी, अभिभावक र शिक्षकको त्रिपक्षीय सहकार्य र कडा मेहेनतले नै उत्कृष्ट नतिजा ल्याई आज यो सुखद क्षण प्राप्त गर्न सफल भएकाेमा सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभयो ।
न्यु एकेडेमी बोर्डिङ स्कुलमा विद्यार्थी र अभिभावकको बदलिदो चाहना र भावना अनुसार मनोवैज्ञानिक ढंगले अध्यापन हुने गरेको विधालयका अध्यक्ष मिन प्रसाद न्यौपानेले बताउनुभयो । विद्यार्थीको सिकाई उपलब्धीमा सिर्जनशील तरिकाले विद्यार्थीलाई व्यवहार, अनुशासन, समसामयिक विषयवस्तुमा पनि विशेष ध्यानपुर्वक पढाइने गरेकोले अभिभावक र विधार्थिको रोजाइमा पर्ने गरेको उल्लेख गर्नुभयो ।
विधालयका शैक्षिक प्रमुख नविन प्रभुले नतिजा अंकले हैन अनुशासन र असल संस्कारले विधार्थीकाे सिकाईलाई मापन गर्छ । विधार्थीले ग्रेडकाे आधारमा नभएर भोलिको भविष्य निर्माणमा अनुसाशन, ध्यान र मानवतामा आधारित शिक्षा सिकाईतर्फ अग्रसर हुनुपर्ने सुझाव दिनुभयो ।