
भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड भैरहवा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत ट्राफिक ब्यवस्थापनमा सहजताकालागि दुई थान प्रहरी चेकिङ्ग पोष्ट (ब्यारिकेट) ईलाका प्रहरी कार्यालय बेलहिया, भैरहवा रुपन्देहीलाई बुधबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ ।
सडक चेकजाँच तथा ट्राफिक ब्यवस्थापनमा सहयोग गर्ने हेतुले ब्यारिकेट बैंकका लुम्बिनी प्रदेश प्रमुख कुशसुदन सिंहले ईलाका प्रहरी कार्याल बेलहियाका प्रमुख, प्रहरी निरीक्षक मुकेश न्यौपानेलाई हस्तान्तरण गर्नु भएको हो । ब्यारिकेट हस्तान्तरण कार्यक्रममा प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक मुकेश न्यौपाने, बैंकका लुम्बिनी प्रदेश प्रमुख कुशसुदन सिंहले आफ्नो मन्तव्य राख्नुभएको थियो । बैंकका भैरहवा शाखा प्रबन्धक बाबुराम अर्यालले सडक चेकजाँच तथा ट्राफिक ब्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले शाखाले प्रहरी कार्यलयको अनुरोध बमोजिम सो ब्यारिकेट सहयोग गरिएको जानकारी दिनुभयो ।
सो कार्यक्रममा बोल्दै बैंकका लुम्बिनी प्रदेश प्रमुख कुशसुदन सिंहले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरीलाई सहयोग गर्न पाउदा निकै खुसी लागेको कुरा व्यक्त गर्नुभयो । प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक मुकेश न्यौपानेले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरीलाई सहयोग गर्नुभएकोमा बैंक प्रति धन्यवाद ब्यक्त गर्नुभयो ।
यस बैंकको केन्द्रिय कार्यालय काठमाण्डौ कमलपोखरीमा रहेको साथै बैंकका देशभर करिब दुई सय शाखाहरु रहेका छन् । लुम्बिनी प्रदेशमा मात्रै २१ शाखा र रुपन्देही जिल्लामा ७ शाखा कार्यालयहरु मार्फत बैंकिङ्ग सेवा उपलब्ध गर्दै आएको छ ।