वडाको उदाहरणीय कार्य सैनामैना १ का सबै नाका र चोकमा सिसिटिभि क्यामेरा

रुपन्देही ।
सैनामैना, अषाढ २७ । सैनामैना नगरपालिका वडा नम्वर १ ले वडा भित्र प्रवेश गर्ने सबै नाकामा सिसिटिभी क्यामेरा जडान गरेको छ । वडामा हुने अपराधिक घटना हुन नदिन र भई हालेमा तत्कालै अनुसन्धानका लागि सहज होस् भन्ने उदेश्यले नागरिकहरुको हितका लागि सिसिटिभी क्यामेरा जडान गरिएको वडा अध्यक्ष भुवन बहादुर क्षेत्रिले बताउनु भयो ।

 

वडाले अन्य पूर्वाधार जस्तै शान्ति सुरक्षाका लागि सिसि क्यामेरा जडान महत्वपूर्ण ठान्यौं । वडा सिमाना भित्र प्रवेश गर्ने सबै नाकाहरुमा सिसि क्यामेरा जडान गरिएको छ’–वडा अध्यक्ष भुवन बहादुर क्षेत्रीले भन्नुभयो–‘नाईट भिजन सहितका क्यामेराले सडकमा हिडिरहेका सवारी साधनको नम्वर सहित देखिने गरी रेकर्ड गरिरहेको हुन्छ । यसले गर्दा वडा भित्र हुन सक्ने जघन्य अपराध, चोरी पैठारी तथा अन्य गलत कृयाकलापको रोकथाम र नियन्त्रणमा सहयोग पुग्नेछ ।’ ७ लाख ५० हजार रुपैया बजेट विनियोजन गरि १४ वटा क्यामेरा जडान गरिएको वडा सचिव कमल पोख्रेलले बताउनु भयो । आगामी आर्थिक बर्ष २०८२/८३ का लागि पनि ४ लाख रुपैयाँ बिनियोजन गरि वडामा ३२ बटा सिसि क्यामेरा जडान गरिने बताउनुभयको छ ।

फाईबर केबुल मार्फत जडान गरिएको सिसि क्यामेराको नियमित मर्मत सम्भार तथा थप सिसि क्यामेरा जडानका लागि हरेक वर्ष वडागत बजेट विनियोजन गरिने अध्यक्ष क्षेत्रीले बताउनु भयो । ‘वडाका सबै चोक चोक र बस्ति बस्तिमा सिसि क्यामेरा जडान गर्नेर्छाै’–वडा अध्यक्ष क्षेत्रीले भन्नुभयो–‘सिसि क्यामेराका अलावा नागरिकहरुको आवश्यकताका सडक तथा अन्य पूर्वाधारका कार्यलाई निरन्तर प्राथमिकतामा राख्नेछौं ।’

वडा र नगर मार्फत विनियोजन हुने बजेट तथा योजनालाई हरेक वर्ष फरक फरक टोल तथा क्षेत्रमा पुग्ने गरी दोहोरोपना पनि नहुने तर सबै टोलमा पुग्ने गरी विनियोजन गरिएको अध्यक्ष क्षेत्रीले बताउनु भयो । ५ वर्षको अवधीमा वडाका सबै टोलमा विभिन्न योजनाहरु संचालन गर्ने गरी योजना निर्माण गरिएको बताउँदै अध्यक्ष क्षेत्रीले पार्क, खेल मैदान, युवा तथा बालबालिकाहरुका लागि आवश्यक पर्ने खेल सामाग्री, खानेपानी, मठ मन्दिरको संरक्षण तथा मर्मत सम्भार, जात्रा व्यवस्थापनका लागि आवश्यक पर्ने कार्य लगायतका गतिविधिलाई प्राथमिकता दिएको बताउनु भयो ।

नगर प्रमुख फणीन्द्र प्रसाद शर्माले सैनामैना नगरपालिका वडा नम्बर १ को अभियानलाई वडा आफैले महत्वका साथ सिसिटिभी क्यामेरा जडान गरेर वडाबासीहरुलाई सुरक्षित राख्ने अभियानको प्रशंसा गर्नु भयो । रुपन्देहीको पहिलो वडाका रुपमा वडा नम्वर १ सिसि क्यामेरा जडित भएको बताउँदै नगर प्रमुख शर्माले नगरपालिका भित्र रहेका १४ वटा क्यामेराको नियमित मर्मत सम्भार गर्दै नयाँ क्यामेराहरु जडान गरी सिंगो नगरमा हुन सक्ने अपराधलाई नियन्त्रण गर्न सहयोग पु¥याउने बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation