
सैनामैना, साउन २३ । नेपाल कम्न्युष्ट पार्टी (माओवादी केन्द्र) सैनामैना नगर कमिटीको बैठक आज ग्लोबल पार्टी प्यालेस मुर्गियामा सम्पन्न भएको छ ।
माओबादी केन्द्रले समसामयिक राजनीति परिस्थिति, आगामी निर्वाचन, जनसम्बन्ध र सैनामैना नगरपालिकाले गरेका काम कारबाहीको सम्बन्धमा केन्द्रित रहेर रिपोर्टिङ गरेका थिए । सैनामैना नगरपालिकामा माओवादी केन्द्र सहितको गठबन्धनमा काङ्ग्रेसले जित हासिल गरे पनि काङ्ग्रेसले जन अपेक्षा र गठबन्धनको मर्म र भावना बिपरित काम गरिरहेको निस्कर्ष निकालेको छ । आगामी दिनमा माओवादी केन्द्र एक्लै निर्वाचनमा होमिने भएकाले पनि अब चुनावी रणनीतिका साथ जनतामा जाने निर्णय गरेको छ ।
बैठकमा माओवादी केन्द्र रुपन्देहीका संयोजक नारायण जिसि (निर्मल)को प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा निर्वाचन क्षेत्र नम्बर ५ का सम्योजक हिरा बहादुर रोका(अमर), सैनामैना नगर कमिटी अध्यक्ष मान बहादुर महत( नारायण)को अध्यक्षतामा सन्पन्न बैठकमा लुम्बिनी प्रदेश सचिवालय सदस्य भोला बस्याल, प्रदेश सदस्य दिपिका शर्मा, क्षेत्र नम्बर ५ का सचिब रोमनाथ न्यौपाने, सम्बिधान सभा सदस्य सारदा घिमिरे( लता), नगर उपाध्यक्ष दिपक भण्डारी, उपाध्यक्ष तेज नारायण सुवेदी, वाइसियल रुपन्देही अध्यक्ष गोबिन्द खरेल, तिलक नेपाली लगायत उपस्थितिमा सम्पन्न भएको छ । माओबादी केन्द्र सैनामैनामा ३२ सय ७१ जना पार्टी सदस्य रहेका छन ।