भैरहवा । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदी अधिबक्ता बालकृष्ण न्यौपाने विरुद्ध वाइसीएल नेपाल रुपन्देहीले जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको हो । वाइसीएल रुपन्देहीका अध्यक्ष गोबिन्द खरेल र सचिब सन्दीप यादबको संयुक्त हस्ताक्षरित बिज्ञाप्तिमा आज जिल्ला प्रशासन कार्यालय मार्फत बुझाइएको हो ।
सुवेदी र न्यौपानेले विभिन्न सामाजिक सन्जाल तथा युट्युबमा प्रसारित अन्तर्वार्तामा मार्फत नेकपा (माओवादी केन्द्र) का संयोजक प्रचण्डको निवासबाट घर जलाइनुभन्दा दुई दिन पहिले नै दुई वटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइएको दाबी गरेका थिए । प्रचण्डको सचिवालयले त्यसलाई पुरै गलत र तथ्यहीन प्रचार भनेको छ ।
“यसरी झुट्टा सामग्री प्रवाह गरि भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या समेत गरिएको छ । सामाजिक सञ्जालबाट पार्टी नेतृत्व विरुद्ध चरित्रहत्या गरिदा गम्भीर साइबर अपराध भएकाले निज देवेन्द्र सुवेदी न्यौपानेलाई तत्काल कानुनी कारबाही गर्न माग गरिएको छ ।
बिज्ञाप्तिमा भनिएको छ, डिजिटल माध्यम मार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुन विपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरि कानुनी कारबाहीको माग गरिएको छ ।











