कार्यसम्पादन मुल्यांकनमा सैनामैना नगरपालिका किन पछाडि पर्यो ?

सैनामैना, फागुन १ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार कार्यसम्पादन मूल्यांकन नतिजा सार्वजनिक गरेको छ । जसअनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिका उपमहानगरमा उत्कृष्ट बन्यो भने क्रमस सिदार्थनगर नगरपालिका कन्चन गाउँपालिका पनि अब्बल देखियो तर छिमेकी पालिका उत्कृष्ट बन्दा सैनामैना नगरपालिका भने कार्यसम्पादन मुल्यांकनमा किन ओरालो गतिमा छ । सैनामैना बासिका लागि यो चासो र चिया चोकमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन । सैनामैना नगरपालिका रुपन्देहीमा १६ वटा पालिका मध्ये नवौ स्थानमा झरेको छ ।

सैनामैना नगरपालिका २०७९ को स्थानीय तहको चुनावपछि नेपाली काङ्ग्रेसका तर्फबाट मेयरमा फणीन्द्र प्रसाद शर्माले नेतृत्व गरिरहेका छन । भने प्रमुख प्रशासकीय अधिकृतको रुपमा जीवन ज्ञवाली २०८० फागुन १४ गते सैनामैना नगर्पालिका आएका थिए र उनी २०८२ कार्तिकमा पर्वतको फलेबास नगरपालिका सरुवा भए । १७ महिनाको उनको कार्यकाल रह्यो । भने हाल प्रमुख प्रशासकीय अधिकृतको रुपमा तुल्सिराम मरासिनी छन ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन मूल्यांकन मा विभिन्न १७ वटा सुचकहरुलाइ आधार मानी नतिजा सार्वजनिक गर्छ । त्यसमध्ये सैनामैना नगरपालिकाले आ ब २०८२/८३ को राजस्व र ब्ययको अनुमान सम्बन्धित नगरसभाबाट पारित नगरेको । आ ब २०८१/८२ को बजेट कार्यान्वयनको वार्षिक समिक्षा सर्बजनिक नगरेको । सैनामैना नगरपालिकाले आबधिक योजना तर्जुमा नगरेको । बिनियोजित रकम खर्चको स्थिति नाजुक रहेको । लेखा परिक्षणमा औल्याएको बेरुजुको अवस्था कमजोर रहेको । सरकारी स्वास्थ सस्थामा गर्भ जाच गर्ने महिलाको अनुपात नभएको भनी विभिन्न विषयमा समयमा काम नगरेका कारण सैनामैना नगरपालिका मुल्यांकनमा पछाडि परेको हो ।

रुपन्देहीमा सिद्धार्थनगर नगरपालिकाले सबैभन्दा धेरै ६८.४६ अंक प्राप्त गरेको छ भने देवदह नगरपालिकाले ५६.७९, बुटवल उपमहानगरपालिकाले ६४.४४, सैनामैना नगरपालिकाले ५५.०३, कन्चन गाउँपालिकाले ६४.५५, गैडहवा गाउँपालिकाले ४९.५०, शुद्धोधन गाउँपालिकाले ६०.६६, सियारी गाउँपालिकाले ६३.४७, तिलोत्तमा नगरपालिकाले ६६.५४, ओमसतिया गाउँपालिकाले ५४.८४, रोहिणी गाउँपालिकाले ५०.९६, मायादेवी गाउँपालिकाले ४४.५८, लुम्बिनी सांस्कृतिक नगरपालिकाले ४६.४७, कोटहीमाई गाउँपालिकाले ३५.८८, सम्मरीमाई गाउँपालिकाले ५२ं४१ र मर्चवारी गाउँपालिकाले ५९.६१ अंक प्राप्त गर्न सफल भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation