भरतकुमार साहको फरक शैलीको चर्चा १० बुँदे भिजनसहित मतदाताको ध्यान आकर्षित गर्दै

सैनामैना, फागुन ६ । फागुन २१ गते हुने आम निर्वाचनका लागि उम्मेदवारहरु यतिबेला घरदैलोमा व्यस्त छन । उम्मेदवारहरुले घरदैलो गर्दैगर्दा सवै उम्मेदवारले विकासका कुरालाई नै मतदाता आकर्षित गर्ने माध्यम बनाएका छन । तर, रुपन्देही ५ मा कांग्रेसका उम्मेदवार भरतकुमार साह यसपटक घरदैलोमा फरकरुपमा प्रस्तुत भएका छन । यसअघिका निर्वाचनमा साहले विकासका एजेण्डालाई नै प्राथमिकता दिए तर यसपटक साहले विकाससंगै १० बुँदे भिजन सहित घरदैलो गरिरहेका छन् । आफ्नो भिजन प्रस्तुत गरेर मतदातालाई आकर्षित गरिरहेका छन् । यस पटकको चुनावमा साहको १० बुँदै भिजनले चर्चा पाएको छ ।

साहको भिजनमा आधारभूत पूर्वाधारको विकासलाई तीव्रता दिने, पानी, सडक, ऊर्जा र इन्टरनेटको पहुँच हरेक घरधुरीमा पु¥याउनु मुख्य लक्ष्य रहेको उल्लेख छ । त्यसैगरी सात खोला, सात बाँधः रुपन्देही क्षेत्र नं. ५ को समृद्धिको आधार समेत साहको भिजनमा रहेको छ ।

साहको भिजनमा ग्रेटर लुम्बिनीः हाम्रो पहिचान, हाम्रो विकास भन्ने नारा समेत रहेको छ । साहको भिजन अन्तर्गत ’ग्रेटर लुम्बिनी’ परियोजनाले रुपन्देही क्षेत्र नं. ५ लाई मात्र नभई समग्र नेपालको पर्यटन र समृद्धिलाई नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको छ ।
त्यसैगरी साहको भिजनमा रुपन्देही क्षेत्र नं. ५ को सुरक्षा र दिगो विकासको आधारको रुपमा कञ्चन, घमाहा, तुलबुलिया लगायत ७ वटा खोलाहरूमा व्यवस्थित तटबन्ध र बाँध निर्माण गरी यस क्षेत्रलाई बाढीबाट सुरक्षित राख्ने हाम्रो संकल्प हो भनिएको छ ।
त्यसैगरी कला, संस्कृति, कृषि र जैविक विविधताको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने संकल्प पनि साहको भिजनमा समावेश छ । शिक्षालाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक र व्यावसायिक बनाउनुपर्छ भन्ने साहको भिजन छ ।

साहले अव देशको भविष्य बदल्न युवा जाग्नुपर्छ भन्दै विकास र परिवर्तनका लागि रुखमा भोट हाल्न आग्रह गर्नुभएको छ ।
संस्थागत संरचनामार्फत युवाहरूलाई आत्मनिर्भर बनाउन र उद्यमशीलताको विकास गर्ने साहको भिजनमा उल्लेख छ भने अब दक्ष र सशक्त युवा जनशक्तिको विकास गरि युवाहरूलाई आत्मनिर्भर बनाउने र उद्यमशीलताको विकास गर्ने साहको भिजनमा उल्लेख छ ।
साहको भिजनमा कृषिमा आत्मनिर्भरता र किसानको सम्मान हाम्रो मुख्य संकल्प रहेको छ । रुपन्देही क्षेत्र नंं ५ को समृद्धिका लागि “भिजन“ र “अनुभव“ दुवै भएका नेता भरत साहलाई रोज्न यस क्षेत्रका मतदाताले आग्रह समेत गरेका छन ।
शाहले आफ्नो नेतृत्वमा रुपन्देही ५ मा भएको विकासले देशैभरी चर्चा पाउने गरेको बताउँदै अव पनि अरु धेरै विकासका काम गर्न र आफूले सुरु गरेको अधुरा काम पूरा गर्न आफ्नो उम्मेदवारी रहेको प्रष्ट गर्नुभयो ।
उहाँले अव निर्वाचित भएर गएपछि रुपन्देही क्षेत्र नं. ५ मा रहेका अधुरा विकासका काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले लामो प्रयासपछि कञ्चन सिँचाई बाधको योजना पूरा भएको र उदघाटन समेत आफूले गरेको स्मरण गर्दै तर यसअघि निर्वाचित सांसदले काम नगर्दा किसानको खेतसम्म अझै पानी नपुगेकोले आफूले त्यो काम पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो ।
यसबाट यस क्षेत्रमा कृषि उत्पादन बढि किसानको आय श्रोतमा समेत बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले क्षेत्र नं. ५ नेपालकै सम्भावनायुक्त क्षेत्र भएको बताउनु हुँदै यहाँको कृषि क्षेत्रको विकासका लागि अव गर्नुपर्ने बाटो, पुल, कल्भर्ट र सिंचाईका लागि पहल गर्ने र बजेट पारेरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation