एमाले परित्याग गरी पुर्ब मेयर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं १० फागुन नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी किर्तिपूर नगरपालिकाका पूर्व मेयर रमेश मर्हजन र वडा नं. ६ का पूर्व वडाअध्यक्ष नुच्छे मर्हजन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ। उहाँहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा नेता बामदेव गौतम लगायत नेताहरूले आज पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा स्वागत गर्दै पार्टी प्रवेश गराउनुभएको हो।

पार्टी प्रवेश कार्यक्रममा संयोजक प्रचण्डले नेपाली कम्युनिष्ट पार्टी धेरै कम्युनिष्ट पार्टीहरु मिलेर बनेको बताउँनुहुँदै यो एकता सिंगो एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले राष्ट्रवादि शक्तिहरूबीचको सहकार्यले देशको राजनीतिमा सकारात्मक सन्देश जाने धारणा राख्नुभयो।

पार्टी प्रवेश गरेका पूर्व मेयर रमेश मर्हजन र पूर्व वडाअध्यक्ष नुच्छे मर्हजनले नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट किर्तिपूर–१० मा तारा चिन्हबाट उम्मेदवार रहनुभएकी रुपा मर्हजनलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो।

पूर्व मेयर रमेश मर्हजनले दुई तिहाइको सरकारको नेतृत्व गर्दा पनि जनअपेक्षा अनुसार काम गर्न नसकी हेलिकप्टरमार्फत बाहिरिनु परेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनतासँग पुनः मत माग्ने नैतिक अधिकार नभएको टिप्पणी गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation