रुपन्देही – ५ का उम्मेदवार मोहम्मद वकिल मुसलमानको चुनावी माहोलले मतदाता उत्साहित

सैनामैना, फागुन १८ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा रुपन्देही निर्वाचन क्षेत्र नं. ५ मा नेपाली कम्युनिस्ट पार्टिका उम्मेदवार मोहम्मद वकिल मुसलमानको चुनावी माहोलले प्रमुख राजनीतिक दल र स्वतन्त्र पार्टीका उम्मेद्बारहरूलाई दबाबमा पारेको छ। पछिल्लो समय गाउँ–गाउँमा देखिएको जनसहभागिता र युवाहरूको उत्साहले उनको चुनावी अभियान थप सशक्त बन्दै गएको छ।

घरदैलो अभियान, भेटघाट तथा विभिन्न स्थानमा आयोजित अन्तरक्रिया कार्यक्रममार्फत वकिल मुसलमान मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। विशेषगरी युवाहरू, वैदेशिक रोजगारीबाट फर्किएका नागरिक तथा परिवर्तन चाहने मतदाताको साथ आफूले पाउँदै गएको उनी निकट स्रोतहरूले बताएका छन्।

मोहम्मद वकिल मुसलमानले आफ्नो अभियानलाई “समृद्ध लुम्बिनी निर्माण”को एजेन्डासँग जोड्दै रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन्। उनले जनतासँग प्रत्यक्ष संवाद गर्दै नयाँ राजनीतिक संस्कारको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनको चुनावी गतिविधि तीव्र बन्दै जाँदा क्षेत्रमा जित हासिल गरेका दलहरू समेत आफ्नो रणनीति परिवर्तन गर्न बाध्य भएका स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ। पुर्ब बन मन्त्री समेत भैसकेका वकिलले छोटो समयमा नै उल्लेखनीय जनसमर्थन जुटाएको चर्चा क्षेत्रभर फैलिएको छ।

निर्वाचनमा रुपन्देही –५ को प्रतिस्पर्धा निकै रोचक बन्ने संकेत देखिएको छ।

प्रमुख दलका उम्मेदवार र नयाँ दल स्वतन्त्र पार्टीहरूबीच प्रतिस्पर्धा भइरहेका बेला नेपाली कम्युनिस्ट पार्टिका उम्मेदवार वकिलको बढ्दो प्रभावले चुनावी समीकरणमा नयाँ आयाम थपिएको स्थानीयहरू बताउँछन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation