युवालाई व्यवहारिक ज्ञान दिने लक्ष्यसहित सैनामैनामा ‘निर्वाण लिगल फेस्ट’ सम्पन्न

सैनामैना । सैनामैनामा रहेको निर्वाण कानुनी समाजको आयोजनामा सञ्चालन भएको ” निर्वाण लिगल फेष्ट” शनिबार सम्पन्न भएको छ ।

सैनामैनाका विद्यार्थी तथा युवाहरुलाई लक्षित गरि व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धिका लागि कार्यक्रम गरिएको कानुनी समाजले जनाएको छ ।

समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गोपाल पोखरेलले समाज र युवा एकअर्काका परिपरक भएको हुँदा यस्ता कार्यक्रमले जागरुक र चेतनशील युवा उत्पादन गर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि एवम् प्रशिक्षक तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक जेवी क्षेत्री र एवीसी ग्लोबल एजुकेसन कन्सलटेन्सी बुटवल शाखा प्रमुख अमृत सुवेदीले यस्ता कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने हुँदा सिकेका कुरा व्यवहारमा लागू गर्न आग्रह गर्दैँ आउदा दिनमा पनि सहकार्य रहने बताउनुभयो ।

कार्यक्रममा सूचनाको हक र बजेट माग गर्ने प्रक्रिया, वाणिज्य ज्ञान, संवैधानिक राजनीतिक ज्ञान तथा विश्लेषण , गलत सूचना सम्बन्धी कार्यक्रम , मस्यौदा लेखन, तनाव व्यवस्थापन, सिभी लेखन तथा जब इन्टरभ्यु एवम प्राविधिक साक्षरताका सत्रहरु कार्यक्रममा सञ्चालन गरिएको समाजका सचिव एवम् कार्यक्रम संयोजक नवीन पाैडेलले बताउनुभयो ।

प्रशिक्षार्थीको तर्फबाट बोल्दै कल्पना अर्यालले दुई दिनको यस कार्यक्रमले धेरै कुरा सिक्न मद्दत गरेको बताउनुभयो ।

कार्यक्रम हिजो चैत्र २० र आज २१ गते सञ्चालन भएको हो । कार्यक्रममा ४५ जना प्रशिक्षार्थीहरु सहभागी गराइएको कानुनी समाजका अध्यक्ष विजय सुनारले बताउनुभयो ।

निर्माण कानुनी समाजका अध्यक्ष विजय सुनारको अध्यक्षता , सैनामैना नगरपालिका वडा नं ६ का अध्यक्ष गोपाल पोख्रेलको प्रमुख आतिथ्यता , लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक जेवी खत्री र एवीसी ग्लोबल एजुकेसन कन्सलटेन्सी बुटवल शाखा प्रमुख अमृत सुवेदीको विशिष्ट आतिथ्यता, कानुनी समाजका पदाधिकारी लगायतको आतिथ्यतामा भएको कार्यक्रमक सञ्चालन समाजका सदस्य निश्चल ज्ञवालीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation