अवैध धन्दा बन्द गर्न लागिपरेका रुपन्देहीका सिडियो, मन्त्रीले घोषणा गरेको ४ दिनमै सरुवा

रुपन्देही, जेष्ठ ५ । : जिल्लाका अधिकांश स्थानमा उत्खनन गरिएको अवैध माटो र नदिजन्य पदार्थ रोकेका, अवैध र गैरकानुनी कृयाकलापको अनुगमन तीव्र पारिएपछि प्रमुख जिल्ला अधिकारीकै सरुवा भएको छ।

गैरकानुनी रुपमा ठेक्का हत्याउने, आयोजनाकाका नाममा नदिजन्य पदार्थ उत्खनन् गरि अबैध ओसारपसार गर्ने ठेकेदारलाई नियमन गरिने त्रासले रुपन्देहीका प्रजिअ माधब प्रसाद पोखरेलको सरुवा भएको हो।
‘अवैध तवरले धन्दा चलाउनेहरुले विगतमा सिडियो मात्रै नभई मन्त्री हेरफेर गर्न सक्छन्’, भन्ने भनाइ अहिले बालेन सरकारले प्रजिअको सरुवासँगै पुनः सत्य सावित भएको चर्चा छ । जेष्ठ १ गते मन्त्रीकै अगाडी बुटवल गोरुसिङे सडक आयोजनाका म्यानेजर गौरीशंकर महत्तो, सैनामैनाका मेयर फणीन्द्र प्रसाद शर्मा लगाएतले सिडियो र डिएफओको के हुन्छ मन्त्रीकै मुखबाट सुन्न चाहन्छौ भनेपछी मन्त्रीले २/४ दिनमै नयाँ सिडियो आउनुहुन्छ भनेपछी हासोको फोहरा छुटेको पावर सन्चारले खिचेको भिडियोमा प्रस्टै सुन्न सकिन्छ ।

दिनदहाडै ठुल्ठूला मेसिन प्रयोग गरी नदीजन्य र माटोजन्य पदार्थ चरम दोहन गरेका राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना बुटवल गोरुसिङे सडक आयोजना, बुटवल प्रादेशिक हस्पिटल निर्माण आयोजना, र क्रसरहरुमा सिडियोको कडा निगरानी बढेपछि बिचौलियाकै निमन्त्रणामा भौतिक पुर्वाधार मन्त्री सुनिल लम्साल जेष्ठ १ गते आयोजनाको स्थलगत निरीक्षणमा आएका थिए । निरीक्षणकै क्रममा मन्त्री लम्सालले सिडियोको सरुवा गरिदिन्छु भनेका थिए । मन्त्रीले भनेको ४ दिन नबित्दै रुपन्देहीका सिडियोको कारागार व्यवस्थापन विभागको महानिर्देशकमा तानिएका हुन्।

अवैध उत्खनन बन्द गराएरै छाड्ने अठोट लिएका उनी कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा भएका हुन्। जिल्लाभरका अवैध उत्खनन र क्रियाकलापको लिस्ट हातमा लिई बाँकी जिल्ला अनुगमन समितिको टिमसँगै अनुगमनमा आक्रामक शैली देखेर विराेधीहरु उनको सरुवाको दौडधुपमा लागेको चर्चा अहिले जिल्लामा चल्न थालेको छ।

खासगरी सार्वजनिक जग्गामा अवैध क्रियाकलाप सञ्चालन गरेका राजनीतिक पहुँच पाएका ‘डन’हरु प्रजिअको कार्यशैलीको विरोधमा एक भएर लागेका अभियान्ताहरुले बताएका छन्।
रुपन्देहीमा विश्वप्रकाश अर्याल नयाँ सिडिओको जिम्मेवारीमा सरुवा भएको छ।
गत कार्तिक १७ गते रुपन्देहीको सिडियोको जिम्मेवारी पाएका पोखरेललाई ६ महिनामै कारागार व्यवस्थापन विभागको महानिर्देशकमा तानिएको हो। युवा र निकै सरल मानिने पोखरेलले रुपन्देहीमा सुशासनमा केही काम बढाएका थिए।

सरुवा भएसँगै पोखरेलको अवैध प्राकृतिक श्रोत बन्द गर्ने अभियान अपुरै हुने हो कि ? नयाँ प्रजिअले त्यो सहास गर्लान् कि नगर्लान् भन्ने अडकलबाजी हुन थालेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation