ड्रेस टु इम्प्रेसु फेसन डिजाइनर प्रतियोगिताको १३औँ संस्करण सम्पन्न

काठमाडौँ, २७ असार। आइआइएफटी फेसन डिजाइन कलेजद्वारा आयोजित ‘ड्रेस टु इम्प्रेस’ फेसन डिजाइनर प्रतियोगिताको १३औँ संस्करण सम्पन्न भएको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित प्रतियोगितामा विभिन्न चरण पार गर्दै उत्कृष्ट डिजाइन प्रस्तुत गर्ने प्रतिस्पर्धीहरूलाई विजेता घोषणा गरिएको थियो। प्रतियोगिताले युवा तथा नवोदित फेसन डिजाइनरहरूलाई आफ्नो सिर्जनात्मक प्रतिभा, नवीन डिजाइन अवधारणा र व्यावसायिक क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ। कार्यक्रमका क्रममा सहभागी डिजाइनरहरूले मौलिक तथा आधुनिक शैलीका पोशाक प्रस्तुत गरेका थिए। प्रतियोगितामा फेसन क्षेत्रका विज्ञ, डिजाइनर तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। आयोजकका अनुसार ‘ड्रेस टु इम्प्रेस’ प्रतियोगिताले नेपालमा फेसन उद्योगको विकास र नयाँ प्रतिभाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

यस अवसरमा प्रतियोगिताका विजेताहरूलाई नगद,प्रमाणपत्र, ट्रफी तथा स्यास सम्मान प्रदान गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation