काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले एसइइ परीक्षा खारेज गर्ने प्रस्ताव पारित गरेको छ । केही समयदेखि कोरोनाभाइरस र लकडाउनका कारण अन्योलमा रहेको एसइइ परीक्षा सरकारले खारेज गरेको हो । बैठकका अनुसार यस पटकको एसइइ परीक्षा खारेज भएपछि विद्यालयकै मूल्यांकलनलाई मान्यता दिइने भएको छ ।