सुपादेउराली मन्दिर बन्द रहँदा पनि दर्शन गर्न आउँने दर्शालु भक्तजनहरुको घटेन घुँइचो

देशभर कोभिड – १९ ले महामारी फैलाईरहेको छ। अर्घाखाँची जिल्ला पनि ५ भन्दा बढी सक्रिय कोरोना संक्रमित हुने जिल्लाको सुचिमा परेको छ।अर्घाखाँची जिल्लामा पनि कोरोना संक्रमितको संख्या ६ सय माथि पुगेको छ। जिल्ला भित्र कोभिड – १९ ले अस्पताल देखि सरकारी कार्यालय ,शहरी क्षेत्र देखि समुदाय स्तरका कुना -कुनामा पनि अछुतो राखेको छैन।अर्घाखाँची जिल्ला अस्पतालमा मात्र ७ जना चिकित्सक सहित १७ जना स्वास्थ्यकर्मीमा लक्षण सहितको कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल बन्द भएको छ।
कोरोनाले जिल्लामा झनै भयाबह रुप लिँदै छ ,तर जिल्ला भित्रका पर्यटकीय स्थल देखि धार्मिक स्थल मठ मन्दिरहरु मा सामाजिक दुरी कायम नगरी ,मुखमा मास्क नलागाई दर्जनौको संख्यामा दर्शालु भक्तजन र घुम्न आउनेहरुको भिडभाड लाग्ने गर्दछ। तर सम्बन्धित निकाय यस बिषय प्रति मौन रहेको देखिन्छ।
अर्घाखाँची जिल्लाको प्रसिद्व पवित्र धार्मिक स्थल सुपा देउराली मन्दिर कोरोनाको कहरका कारण मन्दिर व्यवस्थापन समितिले बन्द गराएको छ। तर मन्दिरमा दर्शन गर्न आउने दर्शालुहरुको भिडभाड भने घटेको छैन ,व्यवस्थापन समितिले मन्दिर बन्द गरेको बिषयलाई सामाजिक संजालमा सुचना प्रवाह गर्दा पनि जिल्लाका विभिन्न् ठाउँ बाट र कपिलबस्तु (तराइ )क्षेत्रका दर्शालुहरुको भिडभाडमा कमि नदेखिए पछि मन्दिर व्यवस्थापन समिति नै चकित परेको मन्दिरका अध्यक्षले बताउनुभएको छ।
जिल्ला देखि बाहिर बाट आउने भक्तजनहरुले बन्द रहेको मन्दिरमा पनि आफ्नो भकक्ल पुरा गर्न पाठाहरु लिएर आफै का’ट्ने र नरपानी क्षेत्रमा गएर भोज भतेर गर्ने जस्ता गतिबिधि हरु समयमै (तुरुन्तै ) नरोकीए र सम्बन्धित निकाय (प्रहरी प्रशासन)ले भिडभाडमा कडाइ नगरे कोरोनाले जिल्लामा अझै भयाबह रुप लिन सक्ने मन्दिर व्यवस्थापन समितिले चिन्ता व्यक्त गरेको छ।साथै मन्दिर व्यवस्थापन समितिले यसै समाचारलाइ आधार मानि जिल्ला देखि बाहिर बाट आउने भक्तजनहरुलाइ मन्दिरले अर्को सुचना जारी नगरे सम्मको लागि सुपादेउराली मन्दिरमा भिडभाड र घुँईचो नलगाईदिन हार्दिक अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation