पार्टी विवाद मिलाउन शंकर पोखरेल काठमाडौंमा

पछिल्लो समय देखिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद थप उत्कर्षमा पुग्ने देखिन्छ । 
नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच साझा अजेन्डा र विषयमा कुनै सहमति ननिस्किँदा यो थप उत्कर्षमा पुग्ने भएको हो । पार्टीमा पछिल्लो समय देखिएको विवाद मिलाउन अब नेकपाका दोस्रो तहका नेताहरुको दौडधूप थप बाक्लिएको छ ।
यहीबीच पार्टीको यो विवाद मिलाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल काठमाडौं आउने भएका छन् । पूर्वएमाले स्रोतका अनुसार उनी प्रदेशबाट आइतबार काठमाडौं आउने हुन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation