प्रचण्ड सहित पाँच सचिवालय सदस्य धुम्बाराहीमा भेला

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पाँच सचिवालय सदस्य धुम्बाराहीमा भेला भएका छन्।

नेताहरूले औपचारिक वा अनौपचारिक भेलाबारे जानकारी दिएका छैनन्। स्रोतका अनुसार एकपटक अनौपचारिक छलफल गरेर औपचारिक बैठकको मिति तय गर्ने उनीहरूको तयारी छ।

सोमबारसम्म प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकको मिति नतोके प्रचण्ड आफैंले बैठक बोलाउने तयारी रहेको स्रोतको भनाइ छ।

धुम्बाराही बैठक बस्नुअघि प्रचण्डले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेका थिए। बालुवाटारबाट सिधै प्रचण्ड धुम्बाराही पुगेका छन्।

छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।

यसअघि प्रधानमन्त्री ओलीनिकट स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री  शंकर पोखरेल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।

स्रोतका अनुसार धुम्बाराहीको भेला रोक्न पोखरेलले प्रचण्डसँग आग्रह गरेका थिए।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation