राष्ट्रिय जनमोर्चा कपिलवस्तुद्वारा सरकार विरुद्ध विरोध सभा

कपिलवस्तु राष्ट्रिय जनमोर्चाको आज देश व्यापी , संघीयता को खारेजी, राष्ट्रियताको रक्षा, भष्टाचार, कोरोना भाइरसमा भएको लापरबाही को विरोध मा सभा सम्पन्न भएको छ ।कपिलवस्तुको जीतपुर बजारमा राष्ट्रिय जनमोर्चाले कोण सभा सम्पन्न गरेको छ । सभालाई राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य, अखिल नेपाल ट्रेड युनियन महासंघ अनटुक केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष केर सिंह अदै, अखिल नेपाल व्यापार संघ, कपिलवस्तुका अध्यक्ष झविलाल गौतमले सम्बोधन गर्दै, संघीयता अब, फेल भइसकेको , व्यवहारिक रूपमा नै पुष्टि भईसकेकोले खारेज गर्न सबै नेपाली जनता लाग्नु पर्ने बताउँनु भएको थियो ।
त्यस्तै, दुई तिहाईको सरकार दुई अध्क्षयको कुर्चीको लड़ाईले बदनाम, र असफल भएको बताएका थिए । दुई तिहाई बहुमत को सरकारको सुखी नेपाली, समृद्ध नेपालको नारा , भष्टाचार, महंगी, बेरोजगारीमा परिणत भएको छ । अझ भष्टाचारमा भष्टाचार मा
एशिया को प्रथम हुनु नेपालीहरुको लागि दुर्भाग्य भएको बक्तहरुले बताएका थिए ।
देशमा भष्टाचार महंगी बेरोजगारी, हप्त्या , बलात्कार बढ्दै जानु , प्रमुख प्रति पक्ष दल नेपाली कांग्रेस मौन बस्नुले उसको पनि मिलिमोटो रहेको दाबी गर्नु भएको थियो । प्रतिपक्षको भुमिका, निर्वाह, राष्ट्रिय जनमोर्चाले गरेको दाबी गरे, संघि यता खा रेजी को विकल्प , राजतन्त्र हुन न सक्ने भन्दै मरेको लास नबोक्न , गणतन्त्र विरोधीलाई चेतावनी दिए . कार्य क्रम को सञ्चालन राष्ट्रिय जनमोर्चा का जिल्ला कोष अध्यक्ष चेट नारायण खनाल ले गर्नु भएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation