
जनकपुर । जनकपुमा संसद विघटनको विरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । शुक्रबार जनता समाजवादी पार्टी नेपालले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो ।
जनकपुरको जनक चोकमा जसपा नेपालका नेता तथा कार्यकर्ताहरुले राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए । जसपा नेपाल धनुषाका अध्यक्ष पशुपति यादवले संसद प्रधानमन्त्री ओलीले गैरसंवैधानिक ढंगले संसद विघटनको कदम चालेको भन्दै उनको निरकुंश प्रवृतिविरुद्ध सम्पूर्ण लोकतान्त्रिक शक्तिहरु एकजुट भएर प्रतिवाद गर्नुपर्ने आवश्यकता रहेको बताए ।