नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले तौलिहवामा विशाल आमसभाको आयोजना गरेको छ । नेकपा केन्द्रिय कमिटीको निर्णय अनुसार मंगलबार (आज) देशभरका ७७ वटै जिल्ला सदरमुकाममा विशाल आमसभा हुने निर्धारित कार्यक्रम अनुसार कपिलवस्तुमा पनि हुन लागेको हो ।
आज विहान ११ बजे जिल्ला सदरमुकाम तौलिहवामा पार्टीले विशाल आमसभाको आयोजना गरेको पार्टीका जिल्ला सचिव रामचन्द्र शाह ‘विष्णु’ले जानकारी दिनुभयो ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर असंबैधानिक, अराजनीति कदम चालेको कारण त्यसको विरोध स्वरुप पार्टीले जिल्लामा विशाल आमसभाको आयोजना गरेको पार्टी सचिव शाहले जानकारी दिनुभयो ।
आजको कार्यक्रम समग्र संविधान विपरितको कदम प्रति भएको कारण सबैलाई उपस्थित हुन उहाँले अपिल गर्नुभएको छ । आमसभाका नेकपाका केन्द्र, प्रदेश र जिल्ला तहका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।नेकपा कपिलवस्तुले आइतबार मात्र जिल्लाको गोरुसिंगेमा बृहत जिल्लास्तरीय भेलाको आयोजना गरेको थियो । पछिल्लो समय प्रधानमन्त्री ओलीले संसद विघटन गर्दै मध्यावधी चुनाव घोषणा गरेपछि यसको देशभर विरोध भैरहेको छ । नेकपा अध्यक्ष रहेका ओलीलाई पार्टीले कारबाही गरेर अध्यक्षबाट हटाएको छ ।
mayadevi savar











