यस्ता चरित्र भएका माधव र प्रचण्डलाई जनता समक्ष जानलाई प्रधानमन्त्रीले बाटो खोलेको अधिकारीले बताउनुभयो ।कार्यक्रममा बोल्दै जिल्ला कमिटी सचिवालय सदस्य सफर अलि मियाले मधेशको नाममा गौरवको योजना मुद्धा बनाएर चुनाव लड्ने नेताहरुलाई हालसम्म केही गर्न नसकेको अवस्थमा ओली सरकारले गरेको बताउनुभयो ।
यस्तै जिल्ला सदस्य महादेव पोख्रलले विभिन्न बहानामा चुनाब जिती हालसम्म केही गर्न नसकेका बेला ओली सरकारले नेताहरुलाई ओली सरकारले तीव्र विकासको परिवर्तन ल्याएको सत्तालोभ आफ्नै सरकारको काम देख्न नसकेको अवस्थामा ओलीलिे संसद विघटन गरी जनता समक्ष जान बाटो देखाएकोे बेलामा जनताले नाङगो पार्ने भएको डरले चुनाव स्विकार्न नसकिने आज सडकमा रमिता देखाई रहेका बताउनुभयो ।
यस्तै जिल्ला सचिवालय सदस्य नेत्रराज अधिकारीले यस्तो दुर दराज ठाउँमा विकासले तीव्र गति लिएकोमा पार्टी प्रबेश लहर विजयनगरमा जनताको आशा भरोसा नेपाल कम्युनिष्ट पार्टी नेकपा रहेको बताउनुभयो । यस संकटको विषम परिस्थितिमा युवाहरुले समयमै जवाफ दिने जिल्ला सदस्य लोकेश थापाले बताउनुभयो ।कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा विजयनगर गाउँपालिकाका २ सय ८६ जनाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।उनीहरुले ओलीको नेतृत्वप्रति मोह देखाउदै प्रबेश गरेका हुन् ।
जनताका हकहित र अधिकारको सुनिश्चित गर्ने, हरेक वर्गका नागरिकलाई समान दृष्टिकोणले हेर्ने र नेपालको समग्र विकास चाहने एक मात्र पार्टी नेपाल कम्युनिष्ट पार्टी भएको भन्दै नेपाली काँग्रेस, जसपा लगायत अन्य पार्टी समेत परित्याग गरी पार्टी प्रवेश गरेका छन् । अहिले विकासका कार्यहरुलाई हेर्दा हरेक क्षेत्रको चौतर्फी तीव्र रुपमा केपी शर्मा ओलीको सरकारले मात्र देशमा समृद्धि ल्याउन सक्ने भएकोले नव प्रवेशीहरुले ओलीको सरकारलाई समर्थन गर्ने बताएका छन् । कार्यक्रम जिल्ला कमिटी सदस्य त्रिवेणी कुर्मीको अध्यक्षता र जिल्ला सदस्य राम अवतार यादव स्वागत मन्तव्य र जिल्ला सदस्य थर्क बहादुर खन्गाहाको सञ्चालनमा सम्पन्न भएको थियो ।