११ सय ९९ जनाको केन्द्रीय कमिटी पार्टी फुटबाट जोगाउन बनाइयोः मुख्यमन्त्री

दाङ ।
नेपाल कम्युनिष्ट पार्टी ९ओली पक्ष०का स्थायी कमिटी सदस्य शंकर पोखरेलले जनमतको अपहरण गर्ने प्रयास भएकाले संसद बिघटन गर्नुपरेको टिप्पणी गरेका छन् ।आफ्नै पार्टीका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालहरुले जनमतको अपहरण गर्न खोजेको उनको अरोप थियो । ओली पक्षीय नेकपा दाङको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै पोखरेलले चुनावमा केपी ओलीको अनुहार देखाएर बहुमत आइसकेपछि अर्को अर्को समूहले ओलीलाई अपदस्त गर्न खोजको आरोप लागए ।पार्टी अध्यक्ष केपी ओलीको अनुहार देखाएर जनमत निर्माण गर्ने काम भयो’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले भने, ‘चुनाव जितिसकेपछि त्यो जनमतको बीचमै अपहरण गर्ने कोसिस गरिएकाले संसद भंग गर्नुपर्‍यो ।’संसद बिघटनले पार्टी बलियो बनाउने तर्क गर्दै उनले जनतामा जान कोही डराउनुपर्ने कारण नरहेको बताए ।

सम्बोधनका क्रममा मुख्यमन्त्री पोखरेलले पार्टीलाई फुटबाट जोगाउन नेकपाको केन्द्रीय कमिटीको संख्या ११ सय ९९ पुर्‍याइएको समेत बताए । ‘पार्टी फुटाउन केन्द्रीय कमिटीको ४० प्रतिशत चाहिन्छ, ‘उले भने, ‘११ सय ९९ सयको केन्द्रीय कमिटीमा ४० प्रतिशत कसैको पुग्दैन । यसले पार्टीलाई फुटबाट जोगाउँछ ।’बिगतमा ओली प्रधानमन्त्री बने लगत्तै प्रचण्ड काँग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न खोजेकाले प्रधानमन्त्री ओलीले आलोपालो प्रधानमन्त्रीको सहमती गरेको समेत पोखरेलले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation