प्रचण्ड -नेपाल जनताका बीच चुनावमा जान हायल कायल: किरण

कपिलवस्तु १० माघ । राष्ट्यि युवा सघं नेपालका पूर्व केन्द्रिय उपाध्यक्ष एवम नेकपाका केन्द्रिय  सदस्य किरण पौडेलले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल चुनाववाट हायल कायल भएकोले सडकमा आएको दावि गर्नु भएको छ उहाले आफ्नै सरकार चल्न नदिएर ढाल्ने के का लागि भोट माग्ने ? भनेर जनताले गर्ने प्रश्नको उत्तर दिननसक्ने भएकाले चुनाववाट अत्तालिएको औल्याउनु भयो । उहाले भन्नु भयो केपि ओलीले  लोभि पापीले सरकार चलााउन दिएनन् अन्तिम मौका दिनुस भनेर जनताको घरमा जान कुनै अवरोध नहुने र्तक गर्नु भएको ।

    युवासंघ कपिलवस्तुको दोश्रो पूर्ण बैठकमा वोल्दै उहाले यस्तो वताउनु भएको हो ।  सरकारलाई घेराबन्दीमा राखी काम गर्न नदिएकाले बाध्य भएर प्रधानमन्त्रीले यो कदम चालेको उहाले बताउनुभयो । उहाले देशमा प्रधनमन्त्री ओली भएपछि विकास निमार्णका कामले तिब्रता लिएको बताउदै  ओलीको लोकप्रियता राष्टीयताको सन्दर्भमा ओलीको चट्टानी अडानका कारण  डाह र पदको लोभ गरेकाहरुले पार्टीलाई फुटको संहारमा ल्याएको बताउनुभयो ।

  यस्तै बैठकमा नेकपा केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बोल्दै बर्तमान परिस्थीतीमा पार्टीका सबै कार्याकर्ताहरु  एक जुट भएर अगाडी बढ्नुपर्ने औल्याउनुभयो । यस्तै नेकपा केन्द्रिय सदस्य बाबुराम खनाल, पार्टी केन्द्रिय सदस्य तथा अनेमा सघं जिल्ला अध्यक्ष शारदा शर्मा,  राष्ट्यि युवा सघं नेपालका केन्द्रिय सदस्य तथा कपिलबस्तु इन्र्चाज गोपालमणी ज्ञवाली लागएतले बोल्दै पार्टीले देशमा गरेका राम्रा कामको प्रचारप्रसारलाई जोड दिनुपर्ने बताउनुभयो । पार्टीको निती निर्देशनलाई पालना गर्दै अगाडी बढ्न युवा संघका सदस्यहरुलाई आग्रह समेत गर्नुभयो ।  

   बहुमत सदस्यहरुको उपस्थितीमा सम्पन्न  बैठकले माघ २४ गते जिल्ला कमिटीको विस्तारित बैठक पार्टी कार्यालय तौलिहवामा आयोजना गरिर्ने तथा सोही बैठकमा केहि सदस्यहरुलाई मनोनय समेत गरिर्ने, माघ १३ गते  आयोजना हुने राष्ट्यि युवा सघंको प्रदेश स्तरिय भेलामा जिल्लाबाट व्यापक सहभागिता जनाउने लाएतको निणर्य भएको जिल्ला संयोजक विजय कुवंरले जानकारी दिनुभएको छ । बैठक जिलला सहसंयोजक कृष्ण कार्कीको संचालनमा सम्पन्न भएको हो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation