प्रचण्ड चोरवाटोमा हिडेपछि मुहानको पहिरोले सडकमा पुराएको दावि

नेकपा केपी ओली पक्षका स्थायी कमिटी सदस्य एबम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले षडयन्त्रबाट पार्टी कब्जाएर प्रधानमन्त्री बन्ने खेलमा लाग्नाले पार्टीमा समस्या आएको बताउनु भएकोछ। उहाले प्रचण्ड चोरवाटोवाट हिड्दा मुहानमा पहिरो आएको र उहालाई वगाएर सडकमा पुराएको दावि गर्नु भयो । 

नेकपा गुल्मीले जिल्ला सदमुकाम तम्घासमा आयोजित ओली समूहको जिल्ला स्तरीय अगुवा कार्यकर्ता कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दावि गर्नु भएको हो । लुम्बिनी प्रदेशका नेकपा इञ्चार्ज समेत रहेका मुख्यमन्त्री पोखरेलले प्रचण्डले चोरबाटोबाट प्रधानमन्त्री र पार्टी कब्जा गर्ने रणनितिमा लागेको आरोप लगाउनु भयोे ।  

उहाँले गलत बाटोबाट माधन नेपाललाई पार्टीको अध्यक्ष चाहिएकाले पार्टी बिभाजन गर्ने खेलमा लागेको बताउनु भयो । मन्त्री बिरुद्धमा गरिएको अबिश्वासको प्रतावको खेलले नै पार्टीमा संकट आएको बताउनु भयो । उहाँले प्रथम अध्यक्षका विरूद्धमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तयार गरेको अभियोगपत्र नै अहिलेको संकटको मुख्य कारण भएको बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation