भन्छन केपी ओली :मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीति कतातिर जान्छ भन्ने कुराले अदालतको फैसलाको मूल्यांकन हुने बताएका छन् । उनले सर्वोच्च अदालतको फैसलाको विषयमा केही नबोल्ने र कार्यान्वयन गरेर अघि बढ्ने बताए ।मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको जिकिर गरे । प्रधानमन्त्रीबाट आफूलाई हटाइहाले पनि आगामी चुनावमा दुईतिहाइ सिट जितेर पुनः सिंहदरबार फर्कने बताए ।“कसैले हटाउन सक्छ भने अहिले हटाओस् । तर, सजिलो छैन । खुसीसाथ हट्छु । डेढ वर्षपछि त चुनाव आइहाल्छ । दुईतिहाइका साथ सिंहदबार फर्किन्छु,” उनले भने ।उनले नेपाली जनताका लागि काम गर्ने र ‘कम्फरटेबल’ सरकार चाहिएको बताए । यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक राम्रोसँग सञ्चालन हुने पनि उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation