भाग्यमानी रुकुमेली ,महामारीमा पनि जनार्दन शर्मा जनताको घर-घरमा

विश्वव्यापी रूपमा फैलिएको कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण देशभर सङ्क्रमितको संख्या ह्वातै बढ्दा अस्पतालको शैया भरिएका छन् । अस्पताल पुग्दा बिरामीहरूले बेड नपाएको स्थिति छ भने कतै अक्सिजनको अभावमा बिरामीहरू छटपटिएका छन् । कतिपय निजी अस्पतालले महँगो शुल्क लिएका छन् ।

तर,सरकारले भने न अनुगमन गरेको छ न कारबाही, उल्टो हात उठाएर महामारी नियन्त्रण गर्न नसक्ने भन्दै पन्छिन खोजेको छ । संक्रमितहरु अस्पतालमा छटपटाइरहँदा राजनीतिक दलहरू भने यस्तो विषम परिस्थितिमा पनि सत्ताको खेलमा लागिपरेका छन् । कुर्ची जोगाउन प्रधानमन्त्री केपी शर्मा ओली दौडधुपमा छन् भने विपक्षीहरू प्रधानमन्त्रीलाई हराउन सांसदको जोडघटाउमा व्यस्त छन् ।

अस्पतालमा अभावै अभाव छ, सीमित स्वास्थ्यकर्मीहरू रातदिन खटिएका छन् भने बिरमीहरु छटपटाइरहेका छन्, तर तिनको रोदन सुन्ने कोही छैन । सरकार एकपछि अर्को निर्णयको बचाउ र सत्ता जोगाउनै व्यस्त छ । जनता महामारीमा छटपटाइरहेका बेला सरकार अध्यादेश ल्याएर आफ्ना निकटकालाई नियुक्ति गर्न कसरत गरिरहेको छ ।अस्पतालका शैयाबाट आएको बिरामीको चित्कार सुन्ने सरकारलाई फुर्सदै छैन । तर, रुकुम पश्चिमबाट निर्वाचित सांसद जनार्दन शर्मा भने अहिले जनताको सेवामा लागेका छन् । कोरोना महामारी नियन्त्रणका लागि जिल्लाका सबै निकायसंग शर्मा हातेमालो गर्दै चौरजहारी अस्पतालको व्यस्थापन र जनचेतनामा खटिएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री शर्माले जिल्लास्थित आइसोलेसन तथा अस्पतालको अनुगमन गर्ने र अस्पतालले सञ्चालन गरेको कोभिड आइसोलेसन वार्ड, नगरपालिकाले सञ्चालन गरेका आइसोलेसन वार्डको अवलोकन गर्दै आवश्यक समन्वय गर्ने गरेका छन् । अस्पतालमा कुनै बिरामीलाई अक्सिजन अभाव हुन नदिन अक्सिजन सिलिन्डर सहित उनी आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन् । साथै उनले जिल्ला अस्पतालमा बेडको व्यवस्था गर्ने देखी  चिकित्सक र कर्मचारीको मनोबल उच्च राख्न हौसला प्रदान गर्ने गरेका छन् ।चुनाव जितेपछि नेताहरू गाउँ फर्कँदैनन् भन्नेहरुलाई उनको सक्रियता उदाहरण बनेको छ ।पश्चिम रुकुमेली जनताहरूले सहि नेतृत्व चयन गरेको भन्दै खुसी भएका छन् । शर्मा यसअघिको पहिलो चरणको महामारीका बेला पनि स्वास्थ्य सामाग्री लिएर जिल्लामा खटेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation