संविधान जारी भएर मात्रै लाेकतन्त्र संस्थागत हुदैन – मुख्यमन्त्री केसी

बुटवल असाेज ३/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले संविधान जारी हुदैमा गणतन्त्रकाे लक्ष्य प्राप्त भएकाे मान्न नहुने बताएका छन्।

“संविधान जारी हुदैमा गणतन्त्रकाे लक्ष्य प्राप्त भएकाे मान्न सकिदैन संविधानले निर्देशित गरेका अधिकार नागरिकको घरमा पुग्नुपर्छ संविधान त गणतन्त्रको जग हाे यसलाई बलिवनाउनु पर्छ” केसीले भने।

“संविधान निर्माण गर्नु र जारी गर्नुले मात्र नेपाली जनताको आशा र अपेक्षा पूर्ण हुन सक्दैन त्यसैले संविधानको व्यवहारिक कार्यान्वयन महत्वपूर्ण विषय हो उनले भने।तर संविधानका आधारभूत विषयहरुमा हामी सबैको साझा सहमती हुनु पर्दछ ” उनलेे थपे ।

“वर्तमान संविधान जारी भएपछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको र संविधानमा व्यवस्था भए अनुसार संघीय संसद, प्रदेश सभा र स्थानीय तहहरुको निर्वाचन भई नेपालमा संघीयताको अभ्यास भइरहेकाे छ हामी लाेकतन्त्रलाई संस्थागत गर्ने चरणमा छाैं ” केसीले भने।

संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आयाेजना गरेकाे बिशेष समारोहमा बाेल्दै मुख्यमन्त्री केसीले वर्तमान संविधानले नेपाली जनताको मौलिक अधिकारको ग्यारेन्टी गरको भन्दै कुनै पनि नेपाली जनताले जाति, धर्म, भाषा, वर्ग, रत, पहिचानको आधारमा विभेद सहनुपर्ने अवस्था नरहेको बताए।

“विकास र समृद्धिको लागि स्थानीय तह र प्रदेशबाट सार्थक अभ्यास हुने अवस्था सिर्जना भएको छ। जनताले नजिकबाट सेवा पाउने स्थिति बनेको छ । यो हामी सबैको लागि खुशीको विषय हो” केसीले भने ।

“संविधान जारी भएको छोटो यसको प्रयोग घनीभूत मा भएको छ । कतिपय द्विविधापूर्ण विषयको न्यायिक निकायबाट स्पष्ट व्याख्या भएका छन् । यसले गर्दा वर्तमान संविधान र यसले श्रृजना गरेको संरचनाहरु दिगो बन्न सक्ने मैले विश्वास लिएको छु “उनले थपे।

राजनीतिक दलहरुमा आफ्नो आफ्नो विचार, सिद्धान्त हुनु स्वाभाविक र लोकतन्त्रको विशेषता भएकाे बताउदै उनले आफैले बनाएको संविधानको कार्यान्वयन र संरक्षणमा सम्पूर्ण राजनीतिक दलहरू स्वामित्व लिनबाट पन्छिन नहुने उल्लेख गरे।

सरकार बन्ने हटने समीकरण बदलिने यी स्वाभाविक विषय भएकाे बताउदै संवैधानिक व्यवस्था अनुसार लुम्बिनी प्रदेशमा राजनीतिक समिकरण परिवर्तन भई गठबन्धनको सरकार बनेको उल्लेख गरे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation