मेयरलाई मुक्का हान्ने पंगेनी ५ हजार धरौटीमा छुटे

बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवा गणेश पंगेनी ५ हजार धरौटीमा रिहा भएका छन् । सोमबार साँझ पङगेनीलाई ५ हजार धरौटीमा छाडिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले बताए ।

पङ्गेनीले असोज ४ गते बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकनका गर्न गएको बेला मेयर सुवेदी माथि द्रुव्यबहार गरेका थिए । प्रहरीले उनलाई सोहि दिन साँझ पक्राउ गरी सार्वजनिक मुद्दा अन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान गरेको थियो । मेयर सुवेदीलाई द्रुव्यबहार गर्ने पंगेनी बुटवलको ज्योतिनगरका पहिरो पीडित हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation