छोराले जमानत पाएपछि शाहरुखले दिपावली मनाउने

मुम्बई । क्रुज शिप ड्रग प्रकरणमा तीन साता अघि पक्राउ परेका बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले बम्बे हाइकोटबाट जमानत पाएका छन् । बम्बे हाई कोर्टले आर्यनलाई बिहिबार जमानत दिएको हो ।

छोराले जमानत पाएपछि अभिनेता शाहरुख खानले केही राहतको महसुर गरेका छन् । छोरा हिरासतमा भएका कारण यसपटक दिपावली नमाउने घोषणा गरेका शाहरुखले अब छोरा घर आएपछि यो तिहार मनाउने भएका छन् ।

गत २ अक्टोबर राती एउटा क्रुजमा लागू औषध पार्टी गरेको आरोपमा आर्यन खान पक्राउ परेका थिए । पक्राउ पछि उनलाई न्यायिक हिरासतमा राखेर अनुसन्धान थालिएको थियो ।

सिनेकर्मी आर्यनसँगै पक्राउ परेर अनुसन्धानका लागि हिरासतमा राखिएका अरबाज मर्चेन्ट र मुनमुन धमेचाले पनि रिहाईको लागि बिहिबार नै जमानत पाएका छन् । गत २ अक्टोबरमा पक्राउ पछि स्थानीय अदालतले आर्यनलाई जमानत न दिएपछि उनको जमानत बम्बे हाईकोर्टबाट पहल गरिएको थियो । त्यसपछि हिरासतमा रहेका आर्यनले २५ दिनको हिरासत बसाई पछि जमानत पाएका हुन् । उनी शुक्रबार हिरासतबाट बाहिर आउने छन् । लगातार तीन दिनको बहस पछि बिहिबार उनले जमानत पाएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation