गुमानसिंह कोल्ड स्टोरेजको ‘Country Apple’ बजारमा

उज्यालो पोष्ट, सैनामैना ।

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं.६ गड्गौडामा गत महिनादेखि संचालनमा आएको गुमानसिंह कोल्ड स्टोरेज प्रा.लि.ले स्वदेशी स्याउँलाई ब्रान्ड्रिङ गरि ‘Country Apple’ को रुपमा बजारमा ल्याएको छ ।

“मिठो स्वाद, स्वदेशी सुवास” भन्ने उद्देश्यका साथ एक्सपोर्ट क्वालिटीको स्वदेशी स्याउ बजारमा ल्याईएको कम्पनीका प्रबन्ध निर्देशक अच्युत टण्डनले बताउनुभयो । साथै दुरदराजका स्वदेशी उत्पादनलाई गुणस्तरयुक्त ब्राण्डका रुपमा राष्ट्रिय अन्तरराष्ट्रिय बजारमा स्थापीत गराउने कम्पनीको महत्वकांक्षी लक्ष्य रहेको छ ।

स्वदेशी उत्पादनले बजार पाउन नसकेको अवस्थामा देशका कृषकहरु मारमा परिरहेकाले आगामी दिनमा कृषकसंग हातेमालो गरि आफ्नै माटोको उत्पादनलाई प्राथमिकता दिई बजार व्यवस्थापन गरिने कम्पनीका मुख्य बजार व्यवस्थापक किरण खड्काले बताउनुभएको छ । नेपालीहरुको महान पर्व तिहारलाई लक्षित गरि बजारमा ल्याइएको ‘अयगलतचथ बउउभि’ बजारमा अत्याधिक रुचाईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation