![](https://ujyaalopost.com/wp-content/uploads/2021/11/253849744_339943917931572_4837105544637868901_n.jpg)
बुटवल । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले सहिद स्मृति पार्क निर्माणनार्थ जनवादी देउसी भैलो सांस्कृतिक कार्यक्रम बिहीबारदेखि सुरु गरेको छ । अखिल (क्रान्तिकारी) रुपन्देही अन्तर्गत परिवारका कलाकारसहितको टिमले बुटवलबाट देउसी भैलो सांस्कृतिक कार्यक्रम सुरु गरेको हो । बुटवलको होराइजन चोकमा बिहिबार भैलो सुरू भएको हो । भैलो तथा सांस्कृतिक कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राम प्रसाद बन्जाडे लगायत नेकपा माओवादी केन्द्रका जिल्ला स्तरीय तथा स्थानीय कार्यकर्ता, शुभचिन्तक एबं पार्टी सदस्यहरूको सहभागिता रहेकोे छ ।
रुपन्देहीको बुटवल, देवदह खैरेनी, साझझण्डी, मुर्गिया, तिलोत्तमा, भैरहवा लगायत विभिन्न ग्रामीण वस्तीहरुमा देउसी भैलो तथा जनवादी सांस्कृतिक नाँचहरु प्रस्तुत गर्ने अखिल (क्रान्तिकारी) रुपन्देहीका सचिव सागर न्यौपानेले बताएका छन् ।
सांस्कृतिक कार्यक्रममा नेपालको विभिन्न संस्कृति झल्किने नाँच र गीतको प्रस्तुतिका साथै देशभक्त र क्रान्तिकारी प्रस्तुतिहरु समेत रहने संयोजक अखिल (क्रान्तिकारी) रुपन्देहीका सचिव सागर न्यौपानेले बताए ।
सहिद स्मृति पार्क निर्माण मुख्य उद्देश्य रहेको, पुँजीवादी संस्कृतिविरुद्ध नयाँ संस्कृतिको अभ्यास, त्यसको प्रचारप्रसार गर्ने र समाजवादको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यले देउसी भैलो कार्यक्रम गरिएको अखिल (क्रान्तिकारी) रुपन्देहीका सचिव सागर न्यौपानेले बताए ।
देउसी भैलो सांस्कृतिक कार्यक्रम ३ दिनसम्म संचालन हुने अखिल (क्रान्तिकारी) रुपन्देहीले जनाएको छ । अखिल (क्रान्तिकारी) रुपन्देहीले हरेक बर्ष देउसी भैलो कार्यक्रमको आयोजना गर्दै आएको छ ।