सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा सडक बिस्तारको कामले तीब्रता पाएको छ । सडकको स्तरोन्नतिका लागि ग्रावल तथा कालोपत्रे गर्ने काम भइरहेको छ । नगरको बिभिन्न वडामा स्थानीय, प्रादेशिक तथा संघीय सरकारको योजना अन्तर्गतका सडक तिव्र गतिमा निर्माण हुदै आएका छन् ।
यसैबीच सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले सैनामैना–१ हुँदै शुद्धोधन गाउपालिका, रानिबगियादेखी पर्रोहा हँुदै फर्साटिकर जोड्ने करिब २ हजार मिटर लामो सडक निर्माणको शिलायान्स गरेका छन् । करिब ४ करोडको लागतमा निर्माण गर्न लागिएको उनले बताए । निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य तथा पुर्व अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको पहलमा सडक योजना बन्न लागेको कार्कीले दाबी गरे । ‘बुटवल सडक डिभिजन मातहतको निर्माणधिन यो सडक उच्च गुणस्तर, दिगो टिकाउ र नमुना बन्ने छ ।’(नगर प्रमुख कार्कीले भने ।
सडकको दुबैतर्फ ११ मिटर पक्की नाली सहित ३ वटा हुम्प पाईप र कालो पत्रे सडकको चौडाई ७ दशमलव १५ मिटरको हुने सडक डिभिजन कार्यालय बुटवलका ईन्जिनियर अशोक पौडेलले बताए । सडक निर्माणका लागि ३ करोड ३० लाखमा ठेक्का सम्झौता भएको छ । वडामा आवश्यकता र माग बमोजिम योजनाहरु निर्माण गरी काम हुँदै आएको वडा नम्बर १ अध्यक्ष केयर सिंह गलामीले बताए । २०७८ साउन ११ गते ठेक्का सम्झौता भएको उक्त सडक २०७९ जेष्ठ १० गतेसम्म निर्माण सम्पन्न गरि सक्नु पर्ने छ ।