तरुण दलका अध्यक्षद्वारा सचिव कुटिए

दाङ मंसिर ५। कांग्रेसको चुनाबलाई लिएर तरुण दल दाङका अध्यक्ष टिका घर्तिले कांग्रेस दाङका सचिब शंकर डागिमाथी तुलसीपुर बजारमै हातपातसहित दुर्ब्यबहार गरेका छन।

पुर्बमन्त्री तथा कांग्रेस केन्द्रिय सदस्य दिपक गिरिकै घर अगाडि कांग्रेसको महाधिबेशनलाई लिएर घर्तिले डागिलाई हातपातसहित दुर्ब्यबहार गरेका हुन।

चुनाबी सरगर्मि चलिरहेकै बेला घर्तिले चुनाब हारे लगत्तै सामाजिक सन्जालमा उत्तेजित अभिब्यक्ति दिइ रहेका छन ।हिजो मात्रै प्रदेश सभापतिमा घर्तिले चुनाब हारेका थिए।

चुनाब हारे लगत्तै चुनाब हराउन भुमिका खेलेको भन्दै घर्तिले बजारमा डागिले हातपात गरेका हुन । बिच बजारमै हातपात गरेपछि घर्तिको उक्त कार्यको चौतर्फि बिरोध भएको छ।

चुनाब हारेपछि उनले सचिबमाथि पिट्ने भनेर धम्कि दिदै आएका थिए। घटना बारे बुझ्न खोज्दा अध्यक्ष घर्तिले फोनमा कुराकानी गर्दै केटाहरु बोलाउन र थुन्न भनेर प्रतिकृया दिए । फोनमा पनि उनि आक्रोसित नै थिए।

जिल्ला प्रहरी कार्यालय दाङले पनि चुनाबको बिषयलाई लिएर सामान्य भनाभन भएको र त्यो बारे बुझ्न घटनास्थलमा प्रहरि पठाइएको बताएको छ।

जिल्ला प्रहरी प्रमुख एसपि सुरेश प्रसाद काफ्लेले सामान्य भनाभन भएको र सो कुरा बारे प्रहरीले बुझ्न आफुले पठाएको बताए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि श्यामु अर्यालले भिडभाड भएको भनेर कुरो आएपछि आफु त्यहा पुगेको र पार्टीका नेताहरुले आन्तरिक बिषय भएको बताएपछि प्रहरी फर्किएको बताए । उनले आन्तरिक झगडा चुनाबकै असरको रुपमा आफुले बुझेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation